टीआरसी कार्यान्वयन स्वागतयोग्य : नेपाल पत्रकार महासङ्घ « Khabarhub

टीआरसी कार्यान्वयन स्वागतयोग्य : नेपाल पत्रकार महासङ्घ


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले वि.सं. २०५२ देखि ०६२ सम्म मुलुकमा चलेको १० वर्षे सशस्त्र संघर्षमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) कार्यान्वयनको स्वागत गरेको छ ।

नेपालको सङ्घीय संसद्‌को दुबै सदनबाट पारित टीआरसी विधेयकलाई दुई दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमााणीकरण गरेका थिए ।

टीआरसी विधेयक पारित भइ कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिई स्वागत गरिएको पत्रकार महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सशस्त्र द्वन्द्वको अन्त्यपछि भएको विस्तृत शान्ति सम्झौतालाई पूणर्ता दिन टीआरसी विधेयक पारित भई कार्यान्वयनको चरणमा प्रवेश गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘महासङ्घ सशस्त्र द्वन्द्वका समयमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका पत्रकार तथा नागरिक हत्या, वेपत्ता र यातनामा संलग्नहरूलाई कानुनी कारवाहीको दायरामा ल्याई न्यायको प्रत्याभूति गराउन माग गर्दछ । साथै पीडित परिवारलाई क्षतिपूर्ति र परिपुरणको व्यवस्था गर्न राज्यसँग माग गर्दछ ।’

महासङ्घले मुलुकमा भएको सशस्त्र द्वन्द्व अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली प्रेस र नेपाल पत्रकार महासङ्घले सधैं सकारात्मक भूमिका खेल्दै आएको पनि विज्ञप्तिमा लेखेको छ ।

‘नेपाली प्रेस जगत मुलुकमा भएको सशस्त्र द्वन्द्वको चपेटामा परेको तथ्य विदितै छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘सशस्त्र द्वन्द्व अवधिमा राज्यपक्ष र विद्रोही पक्षबाट तीन दर्जन सञ्चारकर्मीको निर्मम हत्या भएको छ । केही सञ्चारकर्मी हालसम्म पनि बेपत्ता छन् । कैयौं सञ्चारकर्मीले यातना, धम्की र विस्थापनको दुःखद् अवस्था भोग्नुपर्‍यो ।’

पत्रकार हत्या र बेपत्ता पार्ने जघन्य र मानवता विरोधी अपराध कार्यमा संलग्न दोषीहरूलाई अहिलेसम्म पनि कानुनी कारबाहीको दायरा नल्याइएको महासंघले जनाएको छ । जसकारण पीडित परिवार र नेपाली सञ्चार क्षेत्रले न्याय प्राप्त गरेको अनुभूति गर्न नसकेको, पीडित परिवारले क्षतिपूर्ति नपाएका र परिपुरणको व्यवस्था हुन नसकेको महासङ्घले उल्लेख गरेको छ ।

महासङ्घद्वारा जारी विज्ञप्तिः

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ४ : ११ बजे

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा