टीआरसी कार्यान्वयन स्वागतयोग्य : नेपाल पत्रकार महासङ्घ « Khabarhub

टीआरसी कार्यान्वयन स्वागतयोग्य : नेपाल पत्रकार महासङ्घ


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले वि.सं. २०५२ देखि ०६२ सम्म मुलुकमा चलेको १० वर्षे सशस्त्र संघर्षमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) कार्यान्वयनको स्वागत गरेको छ ।

नेपालको सङ्घीय संसद्‌को दुबै सदनबाट पारित टीआरसी विधेयकलाई दुई दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमााणीकरण गरेका थिए ।

टीआरसी विधेयक पारित भइ कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई सकारात्मक रूपमा लिई स्वागत गरिएको पत्रकार महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सशस्त्र द्वन्द्वको अन्त्यपछि भएको विस्तृत शान्ति सम्झौतालाई पूणर्ता दिन टीआरसी विधेयक पारित भई कार्यान्वयनको चरणमा प्रवेश गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘महासङ्घ सशस्त्र द्वन्द्वका समयमा राज्य पक्ष र विद्रोही पक्षबाट भएका पत्रकार तथा नागरिक हत्या, वेपत्ता र यातनामा संलग्नहरूलाई कानुनी कारवाहीको दायरामा ल्याई न्यायको प्रत्याभूति गराउन माग गर्दछ । साथै पीडित परिवारलाई क्षतिपूर्ति र परिपुरणको व्यवस्था गर्न राज्यसँग माग गर्दछ ।’

महासङ्घले मुलुकमा भएको सशस्त्र द्वन्द्व अन्त्य भई दीगो शान्ति स्थापनाको पक्षमा नेपाली प्रेस र नेपाल पत्रकार महासङ्घले सधैं सकारात्मक भूमिका खेल्दै आएको पनि विज्ञप्तिमा लेखेको छ ।

‘नेपाली प्रेस जगत मुलुकमा भएको सशस्त्र द्वन्द्वको चपेटामा परेको तथ्य विदितै छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘सशस्त्र द्वन्द्व अवधिमा राज्यपक्ष र विद्रोही पक्षबाट तीन दर्जन सञ्चारकर्मीको निर्मम हत्या भएको छ । केही सञ्चारकर्मी हालसम्म पनि बेपत्ता छन् । कैयौं सञ्चारकर्मीले यातना, धम्की र विस्थापनको दुःखद् अवस्था भोग्नुपर्‍यो ।’

पत्रकार हत्या र बेपत्ता पार्ने जघन्य र मानवता विरोधी अपराध कार्यमा संलग्न दोषीहरूलाई अहिलेसम्म पनि कानुनी कारबाहीको दायरा नल्याइएको महासंघले जनाएको छ । जसकारण पीडित परिवार र नेपाली सञ्चार क्षेत्रले न्याय प्राप्त गरेको अनुभूति गर्न नसकेको, पीडित परिवारले क्षतिपूर्ति नपाएका र परिपुरणको व्यवस्था हुन नसकेको महासङ्घले उल्लेख गरेको छ ।

महासङ्घद्वारा जारी विज्ञप्तिः

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ४ : ११ बजे

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि