जेठ महिनामै पौने ६ अर्बका चारपाङ्ग्रे ईभी आयात | Khabarhub Khabarhub

जेठ महिनामै पौने ६ अर्बका चारपाङ्ग्रे ईभी आयात

कर बढाउने सूचना चुहाइएको आशङ्का


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को जेठ अर्थात् आगामी आवको बजेट ल्याइएको महिनामा पौने ६ अर्ब रुपैयाँ बराबरको चारपाङ्ग्रे विद्युतीय गाडी (ईभी) भित्रिएको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको जेठ महिनामा ५० देखि २०० किलोवाट कमका ५ अर्ब ७९ करोड २८ लाख ६० हजार रुपैयाँ बराबरको एक हजार ८९ वटा विद्युतीय कार, जीप र भ्यान नेपालमा भित्र्याइएको हो ।

चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख मसान्तसम्म ४ हजार ८९६ वटा सोही क्षमताका १३ अर्ब ८७ करोड ७४ लाख १९ हजार रुपैयाँ बराबरको कार जीप भ्यान भित्रिएको थियो । जब कि जेठ मसान्तसम्म आउँदा ६ हजार ८८५ वटा जेठसम्म १९ अर्ब ६७ करोड २ लाख ७९ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान नेपालमा भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ ।

११ महिना अवधिमा ४ हजार ३४४ वटा ५० देखि १०० किलोवाट क्षमताका ८ अर्ब १६ करोड २५ लाख २२ हजार बराबरका विद्युतीय कार जीप भ्यान नेपालमा भित्रिएका छन् । जब कि वैशाख मसान्तसम्म सोही क्षमताका ६ अर्ब ५२ करोड १२ लाख ७० हजार रुपैयाँ बराबरका ३४ सय ७२ थान कार जीप भ्यान नेपालमा भित्रिएका थिए ।

वैशाख मसान्तसम्म तीनपाङ्ग्रे विद्युतीय गाडी ७ हजार ९७० र एसेम्बल नगरिएका तीनपाङ्ग्रे विद्युतीय सवारी साधन २ हजार २२६ वटा भित्रिएका थिए । सो संख्या जेठ महिनामा वृद्धि भएर ८ हजार ५२३ र २ हजार ६६५ पुगेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा भित्रिएका विद्युतीय कार जीप भ्यानको संख्याको झण्डै एक तिहाइ संख्या जेठ महिनामा भित्रिएको तथ्याङ्कले देखाएको छ ।

सरकारले आर्थिक विधेयक, २०८० मार्फत् विद्युतीय सवारीको मोटर क्षमताका आधारमा ५ देखि २० प्रतिशतसम्म भन्सारमा वृद्धि गरेको छ ।

विधेयकमार्फत ५० किलोवाटसम्मको विद्युतीय कारमा १० प्रतिशत रहेको भन्सार दर वृद्धि गरेर १५ प्रतिशत, ५१ देखि १ सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत रहेको भन्सार दरलाई वृद्धि गरेर २० प्रतिशत र १ सयदेखि २ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा २० प्रतिशत रहेको भन्सार दरलाई वृद्धि गरेर ३० प्रतिशत बनाइएको छ।

त्यस्तै, विधेयकमा २ सयदेखि ३ सय किलोवाट क्षमता भएको विद्युतीय सवारी ४० प्रतिशत रहेको भन्सार दरमा वृद्धि गरेर ६० प्रतिशत र ३०० किलोवाट भन्दा क्षमता भएका विद्युतीय कारको भन्सार दरलाई ६० प्रतिशतबाट ८० प्रतिशत बनाइएको छ ।

चालु आवको ११ महिनाको अवधिको जेठ महिनामा मात्रै भित्रिएको सवारी साधनको संख्या र मूल्यलाई हेर्दा आगामी आवको आर्थिक विधेयकमा विद्युतीय कार जीप र भ्यानमा भन्सार दरमा हेरफेर हुने सूचना चुहाइएको आशङ्का भइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ६ : १८ बजे

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश