सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुवासलाई « Khabarhub

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुवासलाई


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिफेन्डिङ च्याम्पियन सुवास तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि जितेका छन् ।

आज ४-अन्डर ६८ को कार्ड तयार गर्दै सुबाशले समग्रमा १६-अन्डर २ सय ७२ को सानदार नतिजामा उपाधि आफ्नो नाममा लेखाए। प्रो बनेपछिको पहिलो उपाधि जितेका उनले नगद २ लाख ७५ हजार प्राप्त गरे।

समग्रमा १४-अन्डर २ सय ७४ को स्कोरमा निरज र भुवनले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। निरजले ५-अन्डर ६७ र भुवनले ३-अन्डर ६९ को स्कोर दर्ज गरे। उनीहरूले जनही १ लाख ४८ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। दिनेश प्रजापतिले १-अन्डर ७१ सहित समग्रमा १२-अन्डर २ सय ७६ को स्कोरमा चौथो भए। उनले १ लाख २ हजार हात पारे।

समग्रमा ६-अन्डर २ सय ८२ को नतिजामा तोरण विक्रम शाही पाँचौँ हुँदै ८८ हजार प्राप्त गरे। उनले आज इभन-पार ७२ मा खेल सकाए। २-अन्डर २ सय ८६ को स्कोरमा छैटौँ भएका सञ्जय लामाले अन्तिम दिनको खेल २-अन्डर ७० मा सकाए। उनले ८० हजार नगद पुरस्कार हात पारे।

समग्रमा इभन-पार २ सय ८८ सहित टंक बहादुर कार्की र जयराम श्रेष्ठ सातौं भए। टंकले ३-अन्डर ६९ र जयरामले ४-ओभर ७६ मा खेल सकाए। उनीहरूले जनही ७१ हजार ५ सय नगद हात पारे।

समग्रमा १-ओभर २ सय ८९ को स्कोरमा रवि खड्का नवौँ र ६-ओभर २ सय ९४ सहित रामे मगर दसौँ भए। रविले आज ३-अन्डर ६९ र रामेले २-ओभर ७४ मा खेल सकाए। रविले ६४ हजार र रामेले ५९ हजार नगद हात पारे।

एमेच्योरतर्फ ८-अन्डर २ सय ८० को स्कोरमा बिजय श्रेष्ठ आइन्हाउसलाई दुई स्ट्रोकले हराउँदै सदभाव आचार्यले उपाधि जिते। उनले आज १-ओभर ७३ को स्कोर निकाले। आज १-अन्डर ७१ खेल्दै विजय सहित समग्रमा ६-अन्डर २ सय ८२ सहित दोस्रो भए। समग्रमा २-अन्डर २ सय ८६ को स्कोरमा तेन्जिङ पाल्देन तेस्रो भए।  उनले‌ आज २-अन्डर ७० खेले।

अन्तिम दिनको सुरूवात गर्दा सुबाश र भुवनबीच कडा प्रतिस्पर्धा चल्यो। दोस्रो होलको बोगी विरूद्ध पहिलो र तेस्रो होलको बर्डीले सुबाशले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। भुवनले दोस्रो र आठौं होलमा एक-एक सट खेर फाले भने तेस्रो, छैटौँ, सातौं र नवौँ होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। फ्रन्ट नाइनको खेल सकिंदा सुबाश र भुवन कुल १३-अन्डरको स्कोरमा बराबरीमा थिए।

यसपछि दसौँ होलमा भुवनले उत्कृष्ट चिप पटमा बर्डी प्रहार गरे र एक स्ट्रोकको अग्रता बनाए। ११औँ होलमा सुबाशको टी सट पानीमा खस्यो। यो होलमा सुबाशले बोगी खेपे। भुवनले भने बर्डी प्रहार गर्दै २ स्ट्रोकको अग्रता बनाए। तर यो अग्रता सुबाशले १२औँ होलमा एक स्ट्रोकमा झारे। सुबाशले उत्कृष्ट चिप गर्दै इगलको सफलता प्राप्त गरे। भुवनले भने बर्डी प्रहार गरे। यसपछिका ४ होलमा दुवैले बराबरी खेले।

एक स्ट्रोकले अगाडि रहेका भुवनको लागि १७औँ होल हारको कारण बन्यो। उनको अप्रोच सट रूखमुनि पुग्यो र डबल बोगी खेपे। सुबाशले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाए।

अन्तिम होलमा बर्डी प्रहार गर्दै सुबाशले २ स्ट्रोकले उपाधि जिते। उनले ब्याक नाइन ३-अन्डर ३३ मा र भुवनले १-अन्डर ३५ मा पुरा गरे। सुर्य नेपाल गल्फ टुरमा सुबाशको यो समग्रमा छैटौँ उपाधि हो।

निरजले सातौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १०औँ, १२औँ, १४औँ र १८औँ होलको बर्डीले ब्याक नाइन ४-अन्डर ३२ मा पुरा गर्दै बोगी फ्री स्कोर कार्ड बनाए।

पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३७ प्रो र ११ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागिता रहेको थियो।

यो सिजनको कुल आठ प्रतियोगिता मध्ये एमेच्योर सदभाव आचार्यले दुई तथा प्रो दिनेश प्रजापति, शुक्र बहादुर राई, भुवन नगरकोटी, रवि खड्का, निरज तामाङ र सुबाश तामाङले एक एक उपाधि जिते।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर रवि कुमार रायवरम र पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ०४ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न