म्यूजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक « Khabarhub

म्यूजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका गरिमा शर्मा र मोडल धुव्र जिसि फिचर्ड नयाँ म्युजिक भिडियो ‘यो मनको कुरा’ सार्वजनिक भएको छ। निर्देशक सोनम पार्खिन निर्देशित भिडियोमा गरिमाको र धुव्रको प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले, भिडियोलाई झनै आकर्षक बनाएको छ ।

झण्डै ५ मिनेट लामो गीतमा गरिमा र धुव्रले गीतलाई न्याय दिने काम गरेका छन। नेपाली कलाकारिता क्षेत्रमा निरन्तर रुपमा सक्रिय रही काम गरिरहेकी गरिमाले म्युजिक भिडियोमा मात्र नभएर चलचित्रमा समेत आफ्नो कामको जादु छरिसकेकी छिन। यता धुव्रको भने यो डेब्यु म्युजिक भिडियो हो। तर धुव्रको अभिनय हेर्दा कहीँ कतै पनि उनको यो पहिलो कामजस्तो देखिदैन। बिजनेस क्षेत्रबाट कलाकारिता क्षेत्रमा आएका उनले भिडियोमा उत्कृष्ट काम गरेका छन। सम्रगमा भन्नुपर्दा, कलाकारिताको दुनियामा उनले राम्रो सम्भावना देखाएका छन।

शुक्रबार सार्वजनिक भएको यस गीतमा सुरेश लामा र अनु चौधरीको स्वर छ । सार्वजनिक प्रेमिल भावको गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ। गीतमा देबेश राईको एरेन्ज, रत्न बिकको बाँसुरी र नरेश बिबिसिको मिक्सिङ तथा मास्टरिङ छ।

यता भिडियोमा भने प्रकाश तामाङको कोरियोग्राफी रहेको छ। दिनेस पराजुलीको सिनेमाटोग्राफी रहेको गीतको भिडियोलाई विकास ढकालले सम्पादन गरेका छन। त्यसै गरी, पब्लिसिटि डिजाईनरमा विजय बस्याल रहेका छन भने प्रोडक्सन म्यानेजरमा नवराज पौडेल छन।

भिडियाे

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : १४ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक