संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट! | Khabarhub Khabarhub

संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट!


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय संसद सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संसद सचिवालयले थन्काएर राखेका ३ स्कार्पियो, ६ कार, २ टाटासुमो र एउटा बस दुई साताअघि लगेको नागरिक दैनिकमा खबर छ । प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परिक्षण गर्दा बिग्रिएका नभई सद्दे अवस्थामै रहेको पाइएको छ । सचिवालयले सद्दे गाडीलाई बिग्रिएको भन्दै नयाँ किन्न थन्क्याएर राखेको हो । नयाँ किन्दा कमिसन पाइन्छ । कमिसनको मोहमा संसद सचिवालयका अधिकारीले सद्दे गाडीलाई थन्क्याएर राखेका हुन् ।

त्यस्तै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूलाई दायित्वबाट बञ्चित गराइएको भन्दै पदबाट राजीनामा दिएका छन् । उनले संवैधानिक र कानुनी दायित्व खोजिएको र अवसरमा बाधा पारिएको अवस्थामा पदमा बसिरहन उचित नठानेको बताएका छन् ।

त्यस्तै पूर्वआयुक्त पाठक घुस प्रकरणः अख्तियारको छानबिन सुरु शीर्षकको समाचारमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारलाई नै उजुरी मानेर घुस प्रकरणमा मुसिएका पूर्व आयुक्त राजनारायण पाठकले गरेको अनियमितताका विषयमा अख्तियारले छानबिन थालेको छ ।

‘एनओसी लेटर’ लिने बढे शीर्षकको समाचारमा पछिल्लो दुई वर्षको अवधिमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या एक लाख नाघेको उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको दैनिक भीड लाग्ने गरेको छ ।

त्यस्तै मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम अन्सारीमाथि संसदीय समितिले छानबिन थालेको छ । समितिको हिजो (मंगलबार) को बैठकले अन्सारीको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, पार्टी सदस्यताका विषयमा पनि छानबिन थालेको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : ५१ बजे

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक

‘उच्च मनोबलका साथ ट्राफिक व्यवस्थापनमा खटिसकेका छौँ’

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उच्च मनोबलका साथ ट्राफिक

जेन-जीका नाममा ध्वस्त एमाले केन्द्रीय कार्यालयमा फहराइयो देशकै ठूलो झण्डा

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको ललितपुरको च्यासलस्थित

चीनसँगको टिकटक सम्झौताका लागि निकै नजिक : अमेरिकी अर्थ प्रमुख

म्याड्रिड– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार म्याड्रिडमा दुई पक्षबीच व्यापार