सवारी दुर्घटनामा एक युवकको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा एक युवकको मृत्यु


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १० : ११ बजे

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो

बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ

बाँके–२ को मतगणना सुरु

खजुरा, (बाँके)- बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु

जुम्लामा ४१ हजार २१० मत खस्यो

जुम्ला- बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लामा शान्तिपूर्ण तरिकाले सम्पन्न

तनहुँमा ५१.७४ प्रतिशत मतदान

दमौली (तनहुँ)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको