ब्राजिलबाट स्वदेश फर्किए बालेन « Khabarhub

ब्राजिलबाट स्वदेश फर्किए बालेन


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । 

बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । 

स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्‍त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरूको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।’

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा धारणा राख्दै, ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरू नजिक रहेका सहरहरुमा पुर्‍याएर, ठूला सहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्ने बताएका थिए ।  

उनले ती सेटलाइट सहरबाट त्यहाँका सुविधा गाउँमा पुर्‍याउनुका साथै यसले स्थानीय भाषा र संस्कृति पनि बच्ने धारणा राखेका थिए । 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १ : १९ बजे

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा– जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ

यसरी फेरिदैछ रुपातालको रुप

गण्डकी– अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ?

चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी दोहोरिए, महासचिवमा चापागाईं र सचिवमा रिजाल निर्वाचित

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका

प्रश्न गर्ने स्तर उकास्नुहोस्, रुपको होइन विचारको चर्चा गरौँ : सांसद धिताल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौँ– विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम