फिल्म 'घरज्वाइँ'को गीत 'बिन्जुरी' सार्वजनिक | Khabarhub Khabarhub

फिल्म ‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म  ‘घरज्वाइँ’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार  ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक गरेको हो । 

सो गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ। यसमा संगीत पनि योगी स्वयंको रहेको छ । गीतमा दयाहाङको मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ ‘फूल’ हो। 

असार २८ बाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक र लेखक अनिल बुढामगर हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभास कोइरालाले सघाएका छन् । यसको छायांकन पूर्वी रुकुम आसपासमा गरिएको छ । 

जीएम मूभिजएबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता जनक घर्ती मगर हुन्। 

‘घरज्वाइँ’मा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बूढा मगर, सुनील मगरको अभिनय छ । 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ३ : ४४ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले