फिल्म ‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक « Khabarhub

फिल्म ‘घरज्वाइँ’को गीत ‘बिन्जुरी’ सार्वजनिक


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म  ‘घरज्वाइँ’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार  ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक गरेको हो । 

सो गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ। यसमा संगीत पनि योगी स्वयंको रहेको छ । गीतमा दयाहाङको मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ ‘फूल’ हो। 

असार २८ बाट प्रदर्शनमा आउने यस फिल्मका निर्देशक र लेखक अनिल बुढामगर हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभास कोइरालाले सघाएका छन् । यसको छायांकन पूर्वी रुकुम आसपासमा गरिएको छ । 

जीएम मूभिजएबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता जनक घर्ती मगर हुन्। 

‘घरज्वाइँ’मा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बूढा मगर, सुनील मगरको अभिनय छ । 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ३ : ४४ बजे

युवा सशक्तीकरण, सीप र उद्यमशीलता कार्यक्रम प्राथमिकतामा छ : श्रम मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा सशक्तीकरण, सीप, उद्यमशीलता

कर्णाली दुर्घटनाबारे सदनलाई जानकारी गराउन माग

काठमाडौं– कर्णालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णाली राजमार्गमा दैनिक जसो

सुडान युद्ध : छ महिनामै ड्रोन आक्रमणमा ३०० भन्दा बढी बालबालिकाको मृत्यु

कायरो- सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामा ३०० भन्दा बढी

राष्ट्रियसभामा सञ्चारमन्त्रीको जवाफ- जनताको करको एक रुपैयाँ पनि दुरुपयोग हुँदैन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको करबाट सङ्कलित

बीपी प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको