मधेश प्रदेशसभाबाट ‘बालिका संरक्षण ऐन २०८१’ विधेयक पारित « Khabarhub

मधेश प्रदेशसभाबाट ‘बालिका संरक्षण ऐन २०८१’ विधेयक पारित


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशसभामा बालिका संरक्षण ऐन २०८१ पारित भएको छ । मधेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले प्रस्तुत गरेको बालिका संरक्षण ऐन २०८१ विधेयक सर्वसम्मतिले पारित भएको हो । 

बालिका संरक्षण सम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशको रुपमा मधेश प्रदेशको नाम आएको उल्लेख गर्दै मन्त्री जयसवालले उत्साहित भएर ‘बेटी जिन्दावाद !’ भनेर नारा लगाए । 

उनले भने, ‘जानकीजीको भूमिबाट देशमै पहिलो बालिका संरक्षण सम्बन्धी कानुन पारित भएको छ । त्यसैले एक पटक भनौँ बेटी जिन्दावाद !’

मन्त्री जयसवालले प्रदेशमा छोरी बिमा कार्यक्रम पुनः सुरु गर्न १२ करोड थप रकम बजेटमा व्यवस्था गरेको जानकारी दिए । उनले पितृसत्ता भत्काउने गरी यो ऐन आएको जिकिर गरे ।

बालिका संरक्षणको कुरा गर्दा बालकप्रति अन्याय हुन नदिन सरकार गम्भिर रहनुपर्ने उल्लेख गर्दै मन्त्री जयसवालले भने, ‘सकारात्मक विभेदको माध्यमबाट छोरीलाई सशक्तीकरण गर्न आवश्यक छ ।’

विधेयक पारित हुनु अगाडि १७ जना सांसदले सुझाव वक्तव्य दिएका थिए । उनीहरूले उठाएको विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारी कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता रहेको औँल्याए । 

उनले यो विधेयकलाई कानुनको रूप दिन पुरुष सांसदभन्दा महिला सांसदले आमाको रुपमा अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै महिला सांसदप्रति सम्मान प्रकट गरे ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ४ : ०९ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको