कोशी प्रदेशसभाबाट विनियोजन विधेयक बहुमतले पारित | Khabarhub Khabarhub

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक बहुमतले पारित


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१- ८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ पेस गरेका थिए।

नेपाली कांग्रेसका गोपाल तामाङ र  राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)की  सविना बजगाईंले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

त्यसअघि विशेष समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न खडा हुननदिन प्रदेशसभा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेशका  धेरै ऐनमा त्रुटि भएकाले कार्यान्वयनमा समस्या हुने बताए । ‘निजामती सेवा ऐन, यातायात सेवा ऐन, र प्रदेश प्रहरी ऐनमा  गम्भीर त्रुटि छन्,’ उनले भने । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का इन्द्रबहादुर आङबोले सार्वजनिक गरेको बजेट सन्तुलित छ भने।

अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगन भएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ५ : ०६ बजे

प्रधानमन्त्री ओलीद्वारा नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल

स्पेन – स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी

वैदेशिक सहयोगको विरोध गर्नु गलत मनोविज्ञान हो : पूर्वअर्थमन्त्री आचार्य

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले वैदेशिक

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन

कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श

काठमाडौं – संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र