राजनीतिलाई अपराधीकरणले गाँजेको छ : शेखर कोइराला | Khabarhub Khabarhub

राजनीतिलाई अपराधीकरणले गाँजेको छ : शेखर कोइराला


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले राजनीतिभित्र अपराधिकरण भैरहेको बताएका छन् ।

पछिल्ला दिनहरूमा राजनीतिज्ञ, व्यावसायीकर्मचारीहरू एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन् तब विद्यमान ऐन कानूनहरू गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ ।’

राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेर गएको र जनताले सुशासनको अनुभुति गर्न नपाएको पनि बताए ।

कोइरालाले चारैतिरबाट देश संकटमा परेको बताए । 

‘रेमिटेन्सले देश चलिरहेको छ । आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा देश जति बेला पनि कोल्याप्स गर्न सक्छ’ कोइरालाले भने ।

जब मानिसको सबै अंगले काम गर्न छोड्छ तब जति उपचार गरेपनि शरीर ठिक नहुने भन्ने प्रसङ्ग उल्लेख गर्दै कोइरालाले अहिले देश त्यही अवस्थामा पुगेको बताए ।

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले यो सरकार लामो समय नटिक्ने चेतावनी दिए । कोइरालाले अहिले कांग्रेस आफ्नो पार्टी संगठनको काममा लाग्ने भन्दै आफूहरू सरकार ढाल्ने काममा लाग्ने पनि बताए ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : ०३ बजे

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते