इजरायली आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु, ५० घाइते « Khabarhub

इजरायली आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु, ५० घाइते


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा २५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। 

यसबाहेक राफाहको उत्तरपश्चिममा रहेको अल–शकौस क्षेत्रमा इजरायली गोलाबारीमा धेरै मानिस मारिएको र घाइते भएको प्यालेस्टिनी नागरिक सुरक्षा एजेन्सीले बताएको छ। 

इजरायली सेनाले गाजा सहर नगरपालिकाको ग्यारेज र सहरको पाँच तले भवनमा बम प्रहार गरेको छ। 

यसअघि गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली सेनाले कम्तीमा ३५ प्यालेस्टिनीको हत्या गरेको र इजरायल र हमासबीच जारी युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार ४३१ पुगेको जनाएको थियो। 

यसैबीच, यस क्षेत्रमा इजरायली नाकाबन्दी जारी रहँदा मानवीय अवस्था बिग्रँदै गइरहेको छ । फ्रान्सेली मेडिकल राहत समूह (एमएसएफ)ले शुक्रबार स्वास्थ्य सेवा सामग्री आपूर्ति अभावका कारण गाजामा स्वास्थ्य सेवा सञ्चालन स्थगित गर्नुपर्ने हुनसक्ने बताएको छ। 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : ४२ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका