बंगलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता « Khabarhub

बंगलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंबंगलादेशकी प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि भारत पुगेकी छन् । शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

यसअघि शेख हसिनाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरिन् । यसअघि शेख हसिना पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन जुन ९ मा भारत पुगेकी थिइन् ।

दुई नेताबीच भएको भेटबारे जानकारी दिँदै भारतका विदेश सचिव विनय क्वात्राले दुई नेताबीच द्विपक्षीय सम्बन्धका धेरै पक्षमा छलफल भएको जानकारी दिए । यसका साथै भारत र बंगलादेशका नेताहरुबीच क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि छलफल भएको थियो । 

क्वात्राले भने, ‘दुवै नेताले हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप सुदृढ र नयाँ दिशा दिन सहमत भएका छन् ।’

दुई देशबीच रेल कनेक्टिभिटी बढाउन, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि पनि सम्झौता भएको छ । दुवै देशले सामुद्रिक अर्थतन्त्र र महासागरमा सहकार्य बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज हामीले नयाँ क्षेत्रमा सहयोगका लागि भविष्य उन्मुख दृष्टिकोण तयार गरेका छौं। हरित साझेदारी, डिजिटल साझेदारी, नीलो अर्थतन्त्र (समुद्री अर्थतन्त्र) र अन्तरिक्ष जस्ता क्षेत्रमा सहकार्यमा भएको सहमतिबाट दुवै देशका युवाहरूले लाभान्वित हुनेछन् ।’

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ७ : १३ बजे

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको आर्टिफिसियल

रास्वपाको योजना : सीमाक्षेत्रमा ड्रोन र नाइटभिजन क्यामेरा राख्ने, सीमावर्तीबासीलाई ‘सीमा परिचय पत्र’

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सीमा सुरक्षालाई प्रविधिमैत्री

सभापति थापाको अडान : गठबन्धनको राजनीति गर्दैनौँ, राजनीतिक नियुक्तिमा भागबन्डा हुँदैन

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई

१२ वर्षदेखि गतिहीन राष्ट्रिय गौरवका आयोजना २ वर्षभित्र पूरा गरिछाड्ने रास्वपाको घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ

रास्वापले स्टार्टअपलाई विश्व बजारसँग जोड्न ‘अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे’ का अड्चन हटाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ