पेरिसमा भारतीय हतियारको प्रदर्शनी « Khabarhub

पेरिसमा भारतीय हतियारको प्रदर्शनी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सको राजधानी पेरिसमा आयोजित हतियार तथा रक्षा सामग्री प्रदर्शनीमा भारतीय कम्पनी पनि सहभागी भएका छन् ।

पेरिसमा आयोजित युरोस्याटरी २०२ प्रदर्शनीमा भारतीय रक्षा उपकरण निर्माता डीआरडीओका साथै निब डिफेन्स, भारत फोर्जजसहित अन्य निजी तथा सार्वजनिक कम्पनीहरुको पनि सहभागिता रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

डीआरडीओका अनुसार प्रदर्शनीमा ११ वटा प्रमुख रक्षा प्रविधि र उत्पादनहरु राखिएको छ । प्रदर्शनीमा भारतमा निर्मित पिनाका रकेट लन्चर प्रणाली र एलसीए तेजस लडाकु विमानजस्ता हतियार एवम् रक्षा उपकरण राखिएको एएनआईले जनाएको छ । प्रदर्शनीमा अर्जुन मेन ब्याटल ट्यांक, वरुणस्त्र टोरपेडो पनि प्रदर्शनीमा राखिएको छ ।

युक्रेनमा जारी द्वन्द्वका कारण युरोपेली मुलुकहरुले रक्षा खर्च बढाउने तयारी गरिरहेका बेला प्रदर्शनी आयोजना गरिएको हो । युरोस्याटरी हतियार प्रदर्शनीलाई युरोपकै सबैभन्दा प्रतिष्ठित प्रदर्शनीका रुपमा लिइन्छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ४८ बजे

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ

बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने