मनसुनजन्य विपद् व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली गठन « Khabarhub

मनसुनजन्य विपद् व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली गठन


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार तथा राहतसहितका तयारी गर्न द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा गठित टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल तथा आर्थिक, आवास, पशुपक्षी, स्वास्थ्य र पूर्वाधार व्यवस्थापनमा क्रमशः संजीवकुमार भट्टराई, कृष्ण भट्टराई, शुभनारायण यादव, डा दिलीपकुमार यादव, इन्जिनियर अर्जुन थापा रहेका थिए ।

त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, उद्धार तथा सुरक्षा व्यवस्थापनमा राजन पौडेल, प्रशासन तथा सचिवालय व्यवस्थापनमा अनिता न्यौपाने, सरसफाई व्यवस्थापनमा किरण न्यौपाने र सञ्चारमा मीनकुमार नवोदित रहेको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

बाढी र डुबानबाट प्रभावितको उद्धार, बासस्थान तथा आश्रयस्थान व्यवस्थापन, खाद्य, औषधि उपचार, राहत वितरणलगायत व्यवस्थापनका लागि समितिले सम्पूर्ण तयारी गर्नेछ ।

“प्रतिकार्य टोलीलाई प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गरी विपद्का लागि आवश्ययक सामग्री खरिद वा भाडामा लिन सक्ने, कर्मचारी परिचालन, स्रोत परिचालन, विषयगत कार्यालय, संस्था समन्वय र बैठक, विद्यालय व्यवस्थापन, अस्थायी शौचालय, बालबालिका खेल सामग्री, शिविर सञ्चालनलगायतका अन्य विपद् व्यवस्थापन कार्य गर्नेगरी जिम्मेवारी दिइएको छ”, निर्णयमा उल्लेख छ ।

विराटनगरका वडा नं ९ र १० बाहेकका अधिकांश वडा बाढी र डुबानबाट प्रभावित हुँदै आएका छन् । प्रमुख कोइरालाले खोला छेउछाउ बसोबास गर्ने महानगरवासीलाई सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ५४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी