नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात उपक्षेत्रीय सहयोगको उदाहरण : मोदी « Khabarhub

नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात उपक्षेत्रीय सहयोगको उदाहरण : मोदी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय ग्रिड हुँदै नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहयोगको पहिलो उदाहरण भएको बताएका छन् ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन् । नेपाल र बंगलादेशबीच विद्युत् निर्यात गर्ने सहमति भएको छ । भारतले आफ्नो ग्रिड प्रयोग गरी बिजुली बंगलादेश पठाउन स्वीकृत दिइसकेको छ ।

यस्तै दुई नेताबीचको भेटबारे जानकारी दिँदै भारतका विदेश सचिव विनय क्वात्राले दुई नेताबीच द्विपक्षीय सम्बन्धका धेरै पक्षमा छलफल भएको बताए । यसका साथै भारत र बंगलादेशका नेताहरुबीच क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि छलफल भएको थियो ।

क्वात्राले भने, ‘दुवै नेताले हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप सुदृढ र नयाँ दिशा दिन सहमत भएका छन् ।’

दुई देशबीच रेल कनेक्टिभिटी बढाउन, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि पनि सम्झौता भएको छ । दुवै देशले सामुद्रिक अर्थतन्त्र र महासागरमा सहकार्य बढाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ११ : २२ बजे

प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ – प्याराग्वेसँग कडा प्रतिस्पर्धाबीच ०–० गोलको बराबरी खेल्दै अस्ट्रेलिया

सोबितालाई समर्थन गर्दै समीक्षाले फिर्ता लिइन् उपसभापतिको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुला उपसभापति पदकी उम्मेदवार समीक्षा

विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित

काठमाडौँ – जारी विश्वकपको समूह चरणबाटै बाहिरिसकेको टर्कीले आफ्नो अन्तिम

लागूऔषधको ‘सप्लाई–चेन ब्रेक’ गर्न गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।