समाज लघुवित्तको साधारणसभा असार ३० गते « Khabarhub

समाज लघुवित्तको साधारणसभा असार ३० गते


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौँ साधारणसभा असार ३० गने हुने भएको छ ।

शनिबार बसेको सञ्चालक समितिको ११४औँ बैठकको निर्णयानुसार जानकी फेमिली होटल एण्ड पार्टी प्यालेस, मलङ्गवा, सर्लाहीमा साधारणसभा गर्ने हुने भएको हो ।

कम्पनीका सचिव किशोरी महतोका अनुसार साधारणसभाको विशेष प्रस्तावको रुपमा सञ्चालक समितिको निर्वाचन र मर्जरमा जाने प्रस्ताव रहेको छ ।

सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागी दुईजना सर्वसाधारण (समूह ख) सञ्चालकहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यस्तै, अर्को लघुवित्तसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने र त्यसको लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी दिने सञ्चालक समितिलाई अख्तियारी दिनसमेत साधारणसभाको विशेष प्रस्ताव रहेको सचिव महतोले जानकारी दिइन् ।

कम्पनीको साधारण प्रस्तावमा अध्यक्षले प्रस्तुत गर्ने  आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी निर्णय पारित गर्ने, लेखा परीक्षण प्रतिवेदनसहित २०८० असाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९–०८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, सोही अवधिको वित्तीय विवरण तथा अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ति र उसको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

साधारणसभाका लागि असार २० गते बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ५७ बजे

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक