संसद् सचिवालयका कर्मचारीको समस्या छिटो समाधान गरौँ : केपी ओली | Khabarhub Khabarhub

संसद् सचिवालयका कर्मचारीको समस्या छिटो समाधान गरौँ : केपी ओली


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदका कर्मचारीको समस्या छिटो समाधान गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले वार्ताका माध्यमबाट छिटो कर्मचारीको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले सकारात्मक निष्कर्षका साथ कर्मचारीको समस्या हल गर्न पनि सुझाव पनि दिएका छन् ।

विभिन्न माग राख्दै संसद् सचिवालयका कर्मचारीहरु निरन्तर आन्दोलनमा छन् ।

यसैबीच संघीय संसद् सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजीकरण गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ ।

सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले त्यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए ।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित थिए । सेवा सुविधाको माग गर्दै सचिवालयका कर्मचारीहरू आन्दोलित भएका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : २१ बजे

पुटिन बोले : ट्रम्पले भारत–चीनलाई धम्क्याउन बन्द गरून्, ट्यारिफले कोही डराउँदैन

बेइजिङ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा शम्भु ढकाल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक

लेखजंगको उम्मेदवारी तलमाथि नहुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा हुन गइरहेको

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आयो

ढोरपाटन– पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक तीन

उपकार लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको