मुद्दा चल्ने भएपछि मुख्यसचिवले भेटे प्रधानमन्त्री, केहीबेर कार्यालयमा बसेर बाहिरिए « Khabarhub

मुद्दा चल्ने भएपछि मुख्यसचिवले भेटे प्रधानमन्त्री, केहीबेर कार्यालयमा बसेर बाहिरिए


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


28.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्याल र विकल पौडेलसहित कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ ।

उक्त निर्णयका कारण कर्मचारीवृत्त तरंगित भएको छ । अख्तियारले शुक्रबार एक निर्णय गर्दै मुख्यसचिव अर्यालसहित उच्च पदस्थविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा विशेष अदालतमा लैजाने निर्णय गरेको थियो ।

यस्तोमा मुख्यसचिव अर्याललाई मुद्दा विशेषमा पुग्नुअघि नै पदबाट बाहिरिन दबाब परेको छ । मुद्दा दर्ता भएपछि स्वत: निलम्बनमा पर्ने भएकाले उनको बहिर्गमनका लागि अहिले पनि कोसिस भइरहेको छ ।

अर्यालविरुद्ध मुद्दा चलाउने निर्णय भइसकेको जानकारी अख्तियार प्रमुख प्रेमकुमार राईले शुक्रबार नै प्रधानमन्त्रीलाई दिइसकेका छन् । यस्तोमा प्रचण्डले मुख्यसचिव अर्याललाई बोलाएर करिब १ घण्टा छलफल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीले बोलाएर उनलाई पदबाट राजीनामा दिन सुझाएको स्रोतले जनाएको छ । मुद्दा चलिसकेपछि स्वत:निलम्बित हुनुभन्दा राजीनामा दिएर बाहिरिनु उचित हुने राय प्रधानमन्त्रीले अर्याललाई दिएका छन् ।

प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर अर्याल सिंहदरबारस्थित कार्यालय पुगेका थिए । त्यसपछि उनी कार्यालयबाट बाहिरिएका छन् । अहिलेसम्म उनी कार्यालयमा नफर्किएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीले खबरहबलाई बताए ।

ती कर्मचारीले भने, ‘मुख्यसचिवज्यू बिहान कार्यालयमा आउनु भएको थियो । तर १ घण्टापछि मैले उहाँलाई यहाँ अफिसमा देखेको छैन’, ती अधिकारीले भने ।

अर्याल शुक्रबार भने पूरा समय कार्यालयमै थिए । अहिले देशभर सरकारको बजेट खर्च भइरहेको छ । यस्तोमा उनी शुक्रबार दिनभर कार्यालयमा बसेर काममा जुटेका थिए ।

अख्तियारले मुद्दा चलाएपछि अर्याल स्वतः निलम्बन हुने छन् । उनले मुद्दा चल्नुपूर्व नै राजीनामा दिने तयारी गरिरहेको बुझिएको छ । बिहान प्रधानमन्त्रीले पनि उनलाई मुद्दा चल्नुपूर्व नै राजीनामा दिन सुझाव दिएको स्रोत बताउँछ ।

स्रोतले भन्यो, ‘उहाँले हाजिर गर्नु भयो-भएन थाहा पाइन । तर राजीनामा दिने तयारी गरेको सुनेको छु । अहिले कानूनी परामर्शमा जानुभएको हो कि ?’

अख्तियारको शुक्रबार बसेको बैठकले अन्तःशुल्क स्टिकर छाप्दा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव वैकुण्ठ अर्यालसहितका सरकारी अधिकारीलाई मुद्दा चलाउने निर्णय गरिसकेको छ ।

तत्कालीन अवस्थामा अर्याल ९ महिनासम्म सञ्चार सचिव रहेका थिए । त्यो ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच करिब ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

त्यसबेला विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए । पौडेल कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो । यो प्रकरणमा पौडेल यसअघि नै अनुसन्धानमा तानिइसकेका छन् ।

शुक्रबार बोर्डको निर्णयपछि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्रीलाई मुख्यसचिवमाथि अन्य मुद्दा चलाउने निर्णय भइसकेको जानकारी दिएका थिए। त्यसपछि मुख्यसचिव अर्याल निरन्तर कानूनी परामर्शमा छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : ४८ बजे

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको

किन बन्यो फुटबलको महाकुम्भ विवादको केन्द्र ?

काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपले समर्थकलाई रोमाञ्चक खेल,

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक ममिला