जुम्लाको सिंजामा धमाधम कुपोषित बालबालिका पहिचान « Khabarhub

जुम्लाको सिंजामा धमाधम कुपोषित बालबालिका पहिचान


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको सिंजा गाउँपालिकामा पोषण मैत्री स्थानीय शासन प्रवर्द्धन तथा पोषण अवस्था सुधार गर्न ७ सय २० बालबालिकाको पोषण लेखाजोखा कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रम गाउँपालिकाका हरेक टोल र घरमा ५ दिनसम्म चलाइएको हो । सबै बालबालिका स्वास्थ्य संस्थामा पुग्न नसक्ने भएकाले टोलस्तरमा अभियान संचालन गरिएको हो ।

उक्त कार्यक्रमबाट ७ जना अतिशीघ्र कुपोषित र ४२ जना मध्यम शीघ्र कुपोषित बालबालिका पहिचान गरिएको छ ।

पहिचानपछि अतिशीघ्र कुपोषित बच्चालाई उच्च स्वास्थ्य केन्द्रमा रिफर गर्ने र मध्यम शीघ्र कुपोषितलाइ परामर्श दिइएको छ ।

यस कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय रणनीति तय गरिँदैछ । पेस नेपालले प्लानको वार्षिक कार्यक्रम पोषण मैत्री स्थानीय शासनलाई सिंजा गाउँपालिकामा मुख्य सहयोगीकको भूमिका निर्वाह गर्दै आइरहेको छ

सरकारको विभिन्न पोषण योजना लागु गरेको अवस्थामा पनि बालबालिकाको पोषण अवस्था सुधार हुन सकेको छैन ।

यो अभियानले बच्चा जन्मिँदा कम तौल, विपन्न परिवार, सन्तुलित आहारको अभाव ,स्थानीय खानाको बेवास्ता, किशोरअवस्थामा गर्भवती जस्ता कारण पहिचान गरेको छ ।

यी कारणलाई सम्बोधन गर्न स्थानीय सरकार, सरोकारवाला संघसंथा, अभिवावक, आमा समूह र बालबालिकालाई समेत सक्रिय रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललितजंग रोकायाले बताए ।

पोषणमैत्री स्थानीय शासन प्रवर्द्नन गर्न पेस नेपालले सिंजा गाउँपालिकाको पोषण प्राश्वचित्र, पोषणमैत्री स्थानीय शासन कार्यविधि निर्माण गरिरहेकोकार्यकारी निर्देशक किशोर न्यौपानेले बताए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ६ : ३७ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार