लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ ल्याउने | Khabarhub Khabarhub

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ ल्याउने


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी हर्बोस्यूटिकल्सले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) ल्याउने भएको छ ।

भैरहवामा सञ्चालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनीले थप पुँजी जुटाउँदै पव्लिक कम्पनीमा रुपान्तरण गरी आईपिओ ल्याउने भएको हो ।

आईपीओ निस्कासन, बिक्री प्रबन्धक र अण्डरराईटरका लागि कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ।

सम्झौतामा क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा. ध्रुव भट्टराईले हस्ताक्षर गरेका छन् ।

क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत उक्त आईपीओ ल्याउने भएको क्यापिटलका अध्यक्ष आचार्यले जनकारी दिए ।

हाल १३ करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजी वृद्धि  गरी नयाँ प्लान्टमार्फत उत्पादन सुरु गर्न लागिएको छ ।

पुँजी वृद्धिपछि यस कम्पनीले पव्लिक कम्पनीमा रुपान्तरण भई आईपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष भट्टराईले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमा– १५ मा आफ्नै भवनमा रहेको यस कम्पनीले विभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्यपदार्थ उत्पादन गरिरहेको छ ।

हालसम्म औषधीजन्य उद्योगहरु पव्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन् । दुई वटा औषधी उद्योगले आईपिओ जारी गर्नका लागि प्रक्रिया शुरु गरेका छन् । तर, आयूर्वेद औषधी उद्योगको रुपमा लुम्बिनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  १० : ५५ बजे

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ– दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि