मेयर बालेनलाई वडाअध्यक्षले भने – तपाईंका अनावश्यक आरोपले हामीलाई निद्रा लाग्दैन « Khabarhub

मेयर बालेनलाई वडाअध्यक्षले भने – तपाईंका अनावश्यक आरोपले हामीलाई निद्रा लाग्दैन


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले मेयर बालेन्द्र साहले बेला-बेला लगाउने आक्षेपका कारण आफूहरूलाई निद्रासमेत नलाग्ने बताएका छन्।

सोमबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा डंगोलले आफूहरूले निरन्तर सहयोग गरिरहँदा पनि मेयरबाट आउने आक्षेपबाट दु:ख लागेको बताए ।

‘हामीले कसैलाई विभेद गर्दैनौँ । तर पनि फेसबुकमा अनेक आरोपसहित यस्ता कुराहरू आउँदा म सुत्न सकिनँ’, उनले भने, ‘अनेक आरोपसहित निद्रा नआउने कुरा किन गरिन्छ ? राजनीतिक लेनदेन गरेर सहमति गर्ने भनेर आरोप आउँछ । हामीले के लेनदेन गर्‍यौँ ? भनिदिनुपर्छ ।’

उनले मेयर साहले फेसबुकमा लेखे जस्तो लेनदेनबारे जवाफ दिनुपर्ने बताए । ‘हामीले तीनजना मिलेर के लेनदेन गर्‍यौँ ? अरुसँग के लेनदेन गर्‍यौँ ? हामीले कहाँनिर लेनदेन गर्‍यौँ हामीलाई भन्नुस्’, उनले मेयर साहलाई भने, ‘हामीलाई जनप्रतिनिधि, अबुझ, झोले भन्छन्, त्यसमा कुनै आपत्ति छैन । तर के हामी सबै जनप्रतिनिधि त्यस्तो हो र ? हामीले सहयोग गर्दा गर्दै पनि यस्ता आरोप किन आइरहन्छन् ?’

उनले जनताले मत दिइसकेपछि जनप्रतिनिधिका रुपमा सम्मान गरिनुपर्ने, स्वीकारिनुपर्ने बताएका छन् । उनले मेयर साहतिर लक्षित गर्दै जनताले स्वीकारेपछि सबैले स्वीकार्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  २ : २७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,