शालिकराम मृत्यु प्रकरण संसदमा– रवि समर्थकको अस्वभाविक हुलहुज्जत भन्दै सांसदको आपत्ति | Khabarhub Khabarhub

शालिकराम मृत्यु प्रकरण संसदमा– रवि समर्थकको अस्वभाविक हुलहुज्जत भन्दै सांसदको आपत्ति


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको विषय संसदमा प्रवेश गरेको छ ।

आइबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद महेश्वरराज गहतराज अथकले उक्त प्रकरणमा अराजक, गैरकानूनी र अस्वभाविक हुलहुज्जत भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको शून्य समयमा सांसद गहतराजले भने,‘पत्रकार शलिकराम पुडासैनीको रहस्यमयी मृत्युप्रकरण र सो को अनुसन्धानका लागि पत्रकार रवि लामिछानेको गिरफ्तारीलाई लिएर ‘के निहु पाउँ र कनिका चपाउँ’ भन्नेहरुले जुन अराजक, गैर कानूनी र अस्वभाविक हुल हुज्जत गर्ने कार्य भइरहेको छ म त्यसको निन्दा र भत्र्सना गर्दछु ।’

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने हाम्रो संवैधानिक र कानूनी प्रकृया भएको भन्दै सांसद गहतराजले यसलाई ठाडो उल्लंघन र अस्वीकार गर्दै भएका गतिविधि क्रियाकलाप र क्रियाप्रतिक्रिया देशको शान्ति सुरक्षा र सुशासनको विरुद्धमा रहेको बताए ।

‘मेरो मान्छे वा मेरो मन परेको मान्छे सुनपानीले चोखो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लैजान्छ आज गम्भीर चिन्ता र चासोको विषय बनेको उनको भनाइ थियो ।

पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भनिएको एक भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण पूर्व सहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की रहेको बताएपछि प्रहरीले उनीहरु तीनै जनालाई पक्राउ गरेको थियो ।

विहीवार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवन लगिएको लामिछानेसहित तीन जनालाई प्रहरीले शुक्रवार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले उनीहरुमाथि थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय उपलव्ध गराएको थियो ।

लामिछाने हिरासतमा रहेको र उनलाई फसाउन खोजिएको भन्दै रविका समर्थकले चितवनमा प्रदर्शन समेत गरिरहेका रहेका छन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । शुक्रवार र शनिवार भएको झडपमा आधा दर्जन प्रहरी र त्यतिनै संख्यामा रवि समर्थकहरु घाइते भएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १२ : ४१ बजे

दिगो लगानीको लागि एनएमबि बैंकको पहल, आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी

काठमाडौं– एनएमबि बैंकले अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा अमेरिकी

नर्भिक अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने 

काठमाडौंं– नर्भिक इन्टरनेशनल अस्पतालले पित्तथैली तथा मिर्गौलाको पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन

सामाजिक न्याय र समानताका लागि निरन्तर लागिरहन्छु : प्रचण्ड  

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

छाला चम्किलो र नरम बनाउन चाहनुहुन्छ ? लगाउनुहोस् घिउकुमारी 

काठमाडौं‍– गर्मी मौसममा छालाको विशेष हेरचाह चाहिन्छ । यो मौसममा

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

तनहुँ– तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको