रत्ननगरका किसानलाई भैँसी वितरण « Khabarhub

रत्ननगरका किसानलाई भैँसी वितरण


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई भैँसी वितरण गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक वर्षमा स्थापना भएको ‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत किसानलाई भैँसी वितरण गरिएको हो ।

रत्ननगर–३ मा रहेको साइराम पशुपालन समूहमा आबद्ध किसानलाई गत वर्ष र यस वर्ष भैँसी प्रदान गरिएको रत्न नगरको पशुसेवा शाखाका पशुसेवा प्राविधिक सुन्दर बस्नेतले बताए। उनका अनुसार गत आर्थिक वर्षमा २५ लाखका ३३ वटा भैँसी किसानलाई दिइएको थियो भने चालु आवमा १० लाखका  १५ वटा भैँसी प्रदान गरिएको हो ।

लामो समयदेखि भैँसीपालन गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्ने योजनाअनुसार भैँसी प्रदान गरिएको बस्नेतले बताए। उनका अनुसार समूहमा रहेका सदस्यमध्ये १५ जना दुवै आवका कार्यक्रममा सहभागी भएका छन् । 

भैँसीपालन गर्ने किसानले अनिवार्य रुपमा बीमा गर्नुपर्ने, तीन वर्षसम्म नियमित भैँसीपालन गर्नुपर्नेलगायत प्रावधान तोकिएको बस्नेतले जानकारी दिए । 

‘किसानलाई एउटा भैँसी खरिद गर्न ५० हजारसम्म वा भैँसीको मूल्य अनुसार ५० प्रतिशत अनुदान दिने गरेका छौँ’, उनले भने, ‘अनुदानबाट लिइएको भैँसी बेचेको पाइएमा अनुदान बापतको रकम फिर्ता गर्नुपर्ने हुन्छ भने भैँसी मरेमा पालिकालाई जानकारी गराउनुपर्ने हुन्छ ।’

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ४ : ५७ बजे

नेपाललाई पाँच वर्षभित्रै औषधि उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ : विप्लव अधिकारी 

काठमाडौं– नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई आगामी

तत्काल द्वन्द्व नरोकिने इरानको सङ्केत

तेहारान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व ‘चाँडै समाप्त हुने’

ए डिभिजन लिग चैत ३० बाट सुरु हुने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले सहिद स्मारक ए डिभिजन

छोराले एमालेबाट चुनाव जितेपछि बुवालाई कांग्रेसले पार्टीबाट निकाल्यो

काठमाडौं- नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमितिले एकजना कार्यकर्ता रामबहादुर महरलाई

निर्वाचनमा खटिएका कर्मचारीप्रति आयोगद्वारा आभार प्रकट

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि