अस्ट्रेलियाविरुद्ध रोहितले पूरा गरे अर्धशतक | Khabarhub Khabarhub

अस्ट्रेलियाविरुद्ध रोहितले पूरा गरे अर्धशतक


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा भारतका कप्तान रोहित शर्माले अर्धशतक प्रहार गरेका छन् ।

सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतका लागि कप्तान शर्माले १९ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यस क्रममा उनले चार चौका र पाँच छक्का प्रहार गरे ।

६ ओभरको खेल सकिँदा भारतले एक विकेटको क्षतिमा ६० रन बनाएको छ । क्रिजमा कप्तान शर्मा र रिसव पन्त छन् । यसअघि ओपनर बिराट कोहली पाँच बलको सामना गर्दै शुन्य रनमा आउट भएका थिए ।

भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो ।

सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ५८ बजे

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित

सडक बिग्रेका कारण खुलेन शुक्लाफाँटा निकुञ्ज सफारी

कञ्चनपुर – वर्षाका कारण निकुञ्ज जाने बाटो बिग्रेपछि शुक्लाफाँटा राष्ट्रिय