तीजमा महिलाको मुटु परिक्षण शिविर « Khabarhub

तीजमा महिलाको मुटु परिक्षण शिविर


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तीज पर्व नजिकिँदै गर्दा पोखरामा आमा समूहले मुटुरोग परीक्षण शिविर सञ्चालन गरेको छ ।

पोखरा उपमहानगरपालिका–१७ स्थित घारीकुलो आमा समूहले रमाइलोभन्दा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर आफ्नो समूहका सदस्य एवं समाजका अन्य विपन्नवर्गलाई लक्षित गरी सो शिविर आयोजना गरेको हो ।

विभिन्न कारणबाट मुटुरोग समस्याको रूपमा देखिएको वर्तमान अवस्थामा तीज पर्वको अवसर पारेर सचेतना एवं मुटुरोग परीक्षण शिविर राखिएको समूहका अध्यक्ष आशा श्रेष्ठले जानकारी दिइन् ।

जयन्ती मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा १०० जनाको मुटुरोग परीक्षण गरिएकमा १० जनामा समस्या देखिएको प्रतिष्ठानका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संयोजक सविता मैनालीले बताइन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ५ : ५५ बजे

उपमहासचिवमा उम्मेदवारी फिर्ता लिएका गौतमको २६ मत

काठमाडौं– उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिएका राजेन्द्र प्रसाद गौतमले २६

केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी

एमाले महाधिवेशनको प्रारम्भिक नतिजा : सचिवतर्फ पद्मा अर्याललाई बढी मत, अरुको कति ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना जारी रहँदा सचिवतर्फ प्रारम्भिक

सचिवतर्फ लोकप्रिय मत पद्माकुमारी अर्याललाई

काठमाडौं- एमालेको ११ औँ महाधिवेशनको प्रारम्भिक मतपरिणामअनुसार ९ जना सचिवका

उपमहासचिवमा लेखराज र योगेशलाई उच्च मत, आनन्द र बैजनाथ कमजोर

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको