ठगी मुद्दामा ७ वर्ष जेल बसेर छुटेलगत्तै अर्की महिलालाई दुबईमा बेचिदिए « Khabarhub

ठगी मुद्दामा ७ वर्ष जेल बसेर छुटेलगत्तै अर्की महिलालाई दुबईमा बेचिदिए


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा ७ वर्ष जेल सजाय काटेर जेलबाट छुटेका व्यक्ति मानव बेचबिखनमा संलग्न भएको खुलेको छ।

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेर निस्किएका ललितपुरका ४२ वर्षीय मनोज महर्जनलाई प्रहरीले महिलालाई दुबई लगेर बेचेको आरोपमा पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको बहानामा दुबई पुर्‍याई एकजना महिलालाई उनले बेचेको खुलेको छ । ललितपुर महानगरपालिका-८ बस्दै आएका ४२ वर्षीय महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई गौशालाबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

उता उनले दुबई लगेर बेचिएकी पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय र सहकार्यमा दुवईबाट गत चैत १९ गते नै उद्धार भइसकेको छ ।

अनुसन्धानका क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाइदिने भनेर बेचिदिएका थिए । उनले २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुबईमा पुर्‍याएका थिए ।

त्यहाँ उनलाई घरेलु कामदार पठाउने एजेन्टको कार्यलयमा लगी बेचबिखन गरिदिएका थिए । त्यसपछि ती एजेन्टले एउटा घरमा बेचिदिएपछि शारीरिक तथा मानसिक यातना दिई बिनापारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा खटाएको अनुसन्धानबाट खुलेको छ ।

उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ५२ बजे

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह