चौरजहारी-सल्लीबजार सडक अवरुद्ध | Khabarhub Khabarhub

चौरजहारी-सल्लीबजार सडक अवरुद्ध


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी-सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । 

आँपखोलीदेखि सुनौली बजारभित्र रहेका खहरे खोलाले बगाइ ल्याएको ढुंगामाटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यो सडक भेरी करिडोरसँग जोडिने गर्दछ । 

सडक अवरुद्ध भएका कारण चौरजहारी-सल्लीबजार  आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । यात्रुहरू बिहानैदेखि सडकमा अलपत्र परेका छन् ।

सडकमा खसेको ढुंगामाटो र लेदोले गर्दा यातायात सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए। सडकमा खसेको ढुंगामाटो हटाउने काम भइरहेको उनले जानकारी दिए।

 यही सडक हुँदै रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्गसमेत जोडिने गर्दछ । भेरी करिडोर, मध्यपहाडी लोकमार्ग तथा लुम्बिनी रारा राजमार्गसमेत यही सडकलाई छुने गर्दछ । पानी निरन्तर पर्ने क्रम जारी रहेकाले मर्मत कार्यमा बाधा पुगेको छ । 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  १२ : ५६ बजे

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले

चार विकेट गुमाएर नेदरल्याण्ड्सले जोड्यो ११६ रन

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको