राजतन्त्र अन्त्यपछि देशको अभिभावकीय संस्था राष्ट्रपति : प्रधानमन्त्री | Khabarhub Khabarhub

राजतन्त्र अन्त्यपछि देशको अभिभावकीय संस्था राष्ट्रपति : प्रधानमन्त्री


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञलगायत दैनिक कार्यसञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको बताएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले राजतन्त्रको अन्त्यपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीले सर्वोच्च सम्मानित अभिभावकीय संस्थाका रूपमा राष्ट्रपति र उपराष्ट्रपतिलाई राखेको बताए ।

‘राष्ट्रपति र उपराष्ट्रपति दुवै पदको काम, कर्तव्य, अधिकार र भूमिका संविधानमा नै व्यवस्था गरिएको छ,’ प्रधानमन्त्रीले भने, ‘नेपालको संविधानको धारा ७३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यसम्पादनका लागि छुट्टाछुट्टै कार्यालय रहने र कार्यालयको कामकारवाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा अन्य व्यवस्था सरकारले गर्नेछ भन्ने व्यवस्था छ ।’

उनले संविधानअनुरूप राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञ लगायत दैनिक कार्यसञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  २ : ४१ बजे

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ– कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी

भोजपुरको चखेवा–पाँचधारे सडक स्तरोन्नति

भोजपुर– बर्खामा क्षतिग्रस्त भएको चखेवा–पाँचधारे सडकमा स्तरोन्नतिपछि यातायात सञ्चालनमा आएको

सस्पेन्स थ्रिलर फिल्म जसरी ‘जारी २’बारे अड्कलेर बोल्छन् उपेन्द्र ! (अन्तर्वार्ता)

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

आज अन्तर्राष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदै

काठमाडौं– असहाय, वृद्ध, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति