चीनको अन्तरिक्ष यानले चन्द्रमाबाट जमिनको नमूना ल्यायो « Khabarhub

चीनको अन्तरिक्ष यानले चन्द्रमाबाट जमिनको नमूना ल्यायो


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनको अन्तरिक्ष यानले चन्द्रमाबाट जमिनको नमूना पृथ्वीमा ल्याएको छ । मानवरहित अन्तरिक्ष यान चाङ्ग’ई-६ चन्द्रमाबाट करिब दुई महिनापछि भित्री मङ्गोलियाको मरुमूमिमा अवतरण भएको हो ।

वैज्ञानिकहरूले चाङ्ग’ई-६ मिसन चन्द्रमा अध्ययनका लागि निकै महत्वपूर्ण भएको बताएका छन् । किनकी त्यहाँबाट ल्याइएको नमूनाले ग्रहहरूको निर्माणबारे कयौं महत्वपूर्ण सवालको जवाफ मिल्ने उनीहरूको भनाइ छ ।

हालसम्म चीनले मात्रै चन्द्रमाको दोस्रो भागमा यान अवतरण गराउन सकेको छ । सन्‌ २०१९ मा चीनले पहिलोपटक यस्तो चन्द्र मिसन सफल पारेको थियो ।

चाङ्ग’ई-६ मिसन चीनका लागि यसकारण पनि महत्वपूर्ण छ, किनकी यो मिसनको सफलतामार्फत उसले आफ्नो प्रतिद्वन्द्वी अमेरिकालाई चुनौती दिन सक्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले चाङ्ग’ई-६ मिसनको कमाण्ड सेन्टरका वैज्ञानिक एवम्‌ कर्मचारीहरूलाई फोन गरेर बधाई दिएका छन्‌ । अन्तरिक्ष अभियानमा चीनले जारी राख्ने उनले बताएका छन्‌ ।

स्कटल्याण्डका खगोलशास्त्री क्याथरिन हेमैन्सले चीनले चन्द्रमाबाट ल्याएको नमूनाले ४.५ अर्ब वर्ष पहिले चन्द्रमा कसरी बनेको थियो भन्ने जानकारी प्राप्त हुने बताएका छन्‌ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ५८ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा