वर्षालाई केन्द्रमा राखेर फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक  « Khabarhub

वर्षालाई केन्द्रमा राखेर फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक 


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायिका वर्षा सिवाकोटीलाई केन्द्रमा राखेर फिल्म ‘मोदिबेनी’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार सार्वजनिक गरेको पोस्टरमा वर्षासहित नायक अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, दिलिप केसी र नायिका रेजिना उप्रेतीलाई देख्न सकिन्छ । 

पोस्टरमा अन्य कलाकारभन्दा वर्षाको फोटो ठूलो राखिएको छ । यसबाट उनी चलचित्रको केन्द्रीय भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । अमर र प्रवीणलाई भने समान स्थान दिइएको छ । त्यस्तै, रेजिना उप्रेतीलाई गाउँले महिलाको पहिरनमा देख्न सकिन्छ भने दिलिप केसी घोडामा चढेका छन् । उनलाई गाउँको सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ । 

यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए । जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो। 

निर्देशक शंकर कोइरालाका अनुसार यो फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ। यो फिल्मका लेखक आनन्द विक्रम क्षत्री हुन् । 

फिल्ममा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीपसहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबीस बर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ । फिल्मको प्रमुख भूमिकामा रहेका अमरले यसै फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछन् । 

फिल्मको निर्माता दिलिप केसी हुन् भने सह-निर्माता हरि श्रेष्ठ हुन् । फिल्म श्रावण १८ बाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १ : ११ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी