नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने « Khabarhub

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागू गर्ने सम्झौता भएको छ । 

सम्झौतामा आज अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँ र बीमा बोर्डका तर्फबाट शाखा अधिकृत यशोदा अर्यालले हस्ताक्षर गरे। 

सम्झौताअनुसार अस्पतालले आफ्नै परिसरमा औषधि वितरण कक्षको स्थापना गर्ने र बिमितलाई तोकिएका सेवा तथा औषधि निरन्तर उपलब्ध गराउने छ । आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने सम्झौता पाँच वर्षका लागि मान्य हुने अस्पतालले जनाएको छ । 

अस्पतालले तोकिएको दरमा बहिरंग, अन्तरंग र आकस्मिक सेवा उपलब्ध गराउने र सोहीअनुसार बोर्डले भुक्तानी मिलाउने सम्झौतामा उल्लेख छ । 

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ५ : २९ बजे

रुस-उत्तर कोरिया सम्बन्ध थप सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशमन्त्री चो सोन

प्रदेशको सत्ताका लागि केपी र गगन दुवैतिरको सम्पर्कमा प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सह-संयोजक माधव

उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता

एजेन्सी– उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक

चीन र रुसका विदेशमन्त्रीसँग भेट्न तयार रहेको रुबियोको संकेत

मनिला- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको

घट्यो बजाजको ईएमआई : अब मासिक किस्ता-मूल्य झनै कम

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ