युरोकप २०२४ : नकआउट चरणको समीकरण पूरा « Khabarhub

युरोकप २०२४ : नकआउट चरणको समीकरण पूरा


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको  युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा भएको छ ।

२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् ।

जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश र हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नकआउट चरणमा पुगेका छन् ।

जस अन्तर्गत समूह ‘ए’ बाट जर्मनी विजेता र स्वीट्जरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् । हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।

यस्तै, समूह ‘बी’ बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् । क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।

समूह ‘सी’ बाट इंग्ल्याण्ड विजेता र डेनमार्क उपविजेता बन्दै
अन्तिम १६ मा पुग्दा स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा उक्लिएको छ । यो समूहबाट सर्बिया बाहिरिएको छ ।

समूह ‘डी’ बाट अस्ट्रिया, फ्रान्स र नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्दा  समूह ‘इ’ बाट रोमानिया, बेल्जियम र स्लोभाकिया नकआउटमा पुगेका छन् ।

समूह ‘एफ’ बाट पोर्चुगल विजेता र टर्की उपविजेता बन्दै नक आउट चरणमा पुगेका छन् भने जर्जिया तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको छ ।

अब नकआउट चरणमा स्पेन र जर्जिया, जर्मनी र डेनमार्क, पोर्चुगल र स्लोभेनिया तथा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, रोमानिया र नेदरल्याण्ड्स, अस्ट्रिया र टर्की, इंग्ल्याण्ड र स्लोभाकिया तथा स्वीट्जरल्याण्डइटालीबीच प्रतिस्पर्धा हुनेछ ।

नकआउट चरणका खेल जुन २९ देखि सुरु हुनेछन् ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ८ : ५३ बजे

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल

यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्वासीका लागि सरकारले

सिन्धुली प्रहरीको हिरासतमा युवाको मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति

काठमाडौं- प्रहरीले सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एकजना युवकको