सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जानकी– नेपाली सेनाले बाँकेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । राँझास्थित श्री बज्रदल गणको आयोजनामा आज नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

सैनिक अस्पताल नेपालगञ्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगञ्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगञ्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा छ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठले बताए। 

‘यहाँ स्वास्थ्य जाँच गराउन आएकामध्ये धेरै जसो महिला, बालबालिका र ज्येष्ठ नागरिक हुनुहुन्छ ।’ उनले भने, ‘यो पालिका बाँकेको दुर्गम पालिकाअन्तर्गत पर्ने हुँदा यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने हुँदा हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ ।’

गणपति श्रेष्ठका अनुसार उक्त शिविरमा १६ जना विषेशज्ञसहितको टोलीले बिरामीलाई सेवा प्रदान गरेका थिए । शिविरमा नशा तथा हाड जोर्नी, स्त्री सम्बन्धी, छाला, बालरोग, दन्त रोग, नाक कान घाँटी, आँखा र न्यूरो लगायतका रोगहरूको जाँच गरिएको थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले पालिकाका सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए। उनले उक्त शिविरबाट सहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित बिरामीले गाउँमै निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा सेवा प्रभावकारी भएको बताए।

उक्त शिविरमा तीन सय ३८ महिला, दुई सय ८२ ज्येष्ठ नागरिक र ५० बालबालिकाले  स्वास्थ्य जाँच गराएको गणपति श्रेष्ठले जानकारी दिए।

 श्री नं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायकरथी रोशन शम्शेर राणाले शिविरमा प्रत्यक्ष सहयोग पुर्‍याउने विभिन्न अस्पतालका १६ जना विशेषज्ञ डाक्टरहरुलाई प्रसंशा पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ६ : २५ बजे

सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा

बन्दसत्रमा नेताहरूलाई रविको आग्रह- गुट उपगुटका नाममा राजनीति नगर्नुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले दुःख गरेर

स्वास्थ्यका विभिन्न ८ निकाय र स्वास्थ्य बीमा बोर्डमा पदाधिकारी नियुक्तिका लागि आवेदन खुला

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ८

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगियो

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको

खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र