भारत र इंग्ल्यान्डबीचको खेल वर्षाले प्रभावित « Khabarhub

भारत र इंग्ल्यान्डबीचको खेल वर्षाले प्रभावित


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएको थियो । निर्धारित समयको आधा घण्टा बितिसक्दा पनि टस हुन सकेको छैन् ।

क्रिकइन्फोका अनुसार अहिले गुयनामा वर्षा रोकिएको छ । खेल अम्पायरले मैदानको निरिक्षण गरिरहेका छन् । भने मैदानमा लगाइएको कभर हटाउने कार्य जारी छ । वर्षा नभए केही बेरमा टस गरि खेल सुरु हुने छ ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ ।उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।

सन् २०१४ यता भारत पहिलो उपाधिको खोजीमा छ । यो विश्वकपसँगै भारतका कयौँ स्टार खेलाडीहरू बिदा हुँदैछन् । यस पटक भारत उपाधिको लामो खडेरी तोड्न फाइनल यात्रा तय गर्ने दाउमा छ ।

भारतका लागि गर या मरको अवस्थामा रहेको यो खेलले सन् २०२२ को सेमिफाइनल याद दिलाउँछ । त्यसबेला भारतलाई इङ्ल्यान्डले हराएको थियो ।

वर्षाबीच पनि भारत र इङ्ल्यान्डका हजारौँ दर्शक स्टेडियम पुग्दैछन् । गुयानाको प्रोभिडेन्स स्टेडियममा हुन लागेको यो खेलको विजेताले आगामी जुन २९ मा उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ९ : ०१ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द