मधेशका मुख्यमन्त्री सिंहले २१ गते विश्वासको मत लिने | Khabarhub Khabarhub

मधेशका मुख्यमन्त्री सिंहले २१ गते विश्वासको मत लिने


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेशप्रदेशका मुख्यमन्त्री सतिश सिंहले असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मत अझ अगाडि नै लिने तैयारी गरेपनि सत्तारुढ दल एकीकृत समाजवादीको महाधिवेशनको कारण ढिलाइ भएको बताए । उनले एकीकृत समाजवादीका सांसदहरूले २० भन्दा अगाडि विश्वासको मत नलिन आग्रह गरेपछि २१ गते विश्वासको मत लिने तयारी गरेको बताए ।

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नुपर्ने छ । तत्कालीन मुख्यमन्त्री सरोज यादवले सदनबाट बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंह बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारबाट नियुक्त भएका थिए ।

 प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनमत पार्टीको तर्फबाट सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रदेश प्रमुखको कार्यालयमा बहुमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस गरेका थिए । 

मुख्यमन्त्री सिंहलाई एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीको समर्थन छ् । 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १२ : ३९ बजे

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी

इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति

काठमाडौं – इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप