संघीयता देशले धान्दैन, खारेज गरेर राजसंस्था फर्काउनुपर्छ : कमल थापा « Khabarhub

संघीयता देशले धान्दैन, खारेज गरेर राजसंस्था फर्काउनुपर्छ : कमल थापा


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक जोगाउन अहिले हिँडिरहेको मार्गचित्र परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘देशले अहिलेको ब्यवस्था र प्रणाली धान्न सक्दैन । यो व्यवस्था भ्रष्टतन्त्रमा रूपान्तरित भइसकेको छ’, नवप्रवेशीहरूका निमित्त शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले भने, ‘संघीयता देशले धान्दैन, खारेज गर्नुपर्छ, धर्मनिरपेक्षता हटाउनुपर्छ, हिन्दुराष्ट्र कायम गर्नुपर्छ ।’

देशको स्वाधीनताको रक्षाका लागि राजसंस्था आवश्यक भएको पनि थापाले बताए ।

विदेशी दबाब र प्रभाव बढाउन यो राज्य प्रणालीले काम गरेको भन्दै थापाले आत्मसर्पणवादी मानसिकताले देशको हित नहुने स्पष्ट पारे ।

राप्रपा नेपाल दूरदर्शी रुपमा अघि बढ्ने भन्दै उनले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरण गर्न सम्बर्द्धनवादको नीति अबलम्बन गर्ने बताए ।

धर्म, संस्कृति र मूल्य मान्यताको रक्षाको लागि पार्टी बलियो बनाउनुपर्ने भन्दै थापाले संगठन निर्माणमा केन्द्रित हुन आग्रह गरे ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : १५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया