इयुको शीर्ष पदको नामाङ्कन सम्बन्धका लागि ‘खराब’ : रुस « Khabarhub

इयुको शीर्ष पदको नामाङ्कन सम्बन्धका लागि ‘खराब’ : रुस


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मस्को – क्रेमलिनले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनलाई पुनः नियुक्त गर्ने र इस्टोनियाली प्रधानमन्त्री काजा कालासलाई ब्लकको शीर्ष कूटनीतिज्ञ बनाउने युरोपेली सङ्घ (इयु)को निर्णय सम्बन्धका लागि ‘खराब’ भएको बताएको छ ।

“युरोपेली कूटनीतिले सम्बन्धलाई सामान्य बनाउने मामिलामा कुनै पनि तरिकाले काम गर्छ भन्ने हामीलाई लाग्दैन । मस्को र ब्रसेल्सबीच सम्बन्धका मामिलामा सम्भावनाहरू खराब छन्”, प्रवक्ता दिमित्री पेसकोभले भने, “भोन डेर लेयन युरोपेली सङ्घ र रुसबीचको सम्बन्धको सामान्यीकरणका समर्थक हुनुहुन्न ।”

उनले कालासको ‘पूर्णरूपमा कठोर, कहिलेकाहीँ हिंस्रक रुसविरोधी भावनाको बयानहरू’ का लागि ‘चिनिने’ बताए ।

सन् २०१९ देखि जिम्मेबारी सम्हाल्दै आएका भोन डेर लेयनलाई यसै साता इयु शिखर सम्मेलनमा युरोपेली आयोगका अध्यक्षका रूपमा फर्काइएको छ ।

सोभियत युगका स्मारकहरू नष्ट गर्ने कथित संलग्नतालाई लिएर कालास रुसी गृह मन्त्रालयको ‘वाञ्छित’ सूचीमा छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ८ : ३४ बजे

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र

बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं– रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

ख्वप– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म