कृषिलाई प्राथमिकता दिन मुख्यमन्त्री कार्कीको आग्रह « Khabarhub

कृषिलाई प्राथमिकता दिन मुख्यमन्त्री कार्कीको आग्रह


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

विराटनगर–  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेका छन् ।

२१ औंँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन वृद्धि गर्नु पर्ने आवश्यकता रहेको भन्दै प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताए ।

कृषिलाई प्राथमिकतामा दिएर उत्पादन बढाउन आवश्यक रहेको उनको भनाइ छ । कृषि क्षेत्रको सुधार नभएसम्म उद्योगहरूको अवस्थामा पनि सुधार नआउने भन्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले सीमित श्रोत र साधनकाबीच पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन उनको आग्रह छ । पछिल्लो समयमा बसाइँसराई र विदेश पलायनले कृषि क्षेत्र धराशायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले दिगो विकासका लागि आधुनिक कृषि कर्ममा युवाहरूले चासो देखाउनु पर्ने बताए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ४० बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र