चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण « Khabarhub

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको छ । 

‘चिउरी र चमेरो संरक्षण’ कार्यक्रमअन्तर्गत शुक्रबार इच्छाकामना–६ कालिखोलाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले चिउरी चमेरो संरक्षण  कार्यक्रमअन्तर्गत चेपाङ समुदायको बसोबास रहेको कालिखोलामा पाँच सय चिउरीका बिरुवा रोपिएको बताए। उनले यस कार्यक्रमले चेपाङ समुदायको लागि आयअर्जनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । चिउरीको बिरुवा रोप्न समुदायका युवा सक्रियरुपमा सहभागी भएका उनले बताए। 

इच्छाकामना गाउँपालिका कृषि शाखाका अधिकृत आशिष त्रिपाठीले  कालिखोलामा चिउरीको सम्भावित क्षेत्र अध्ययन गरी चेपाङ समुदायको बसोबास रहेको ठाउँ पहिचान भएसँगै बिरुवा हस्तान्तरण गरिएको जानकारी दिए। 

यसअघि उक्त कार्यक्रमअन्तर्गत इच्छाकामना–१ ,२ र ६ का विभिन्न छ स्थानमा चिउरी र चमेरो संरक्षण गर्नुपर्ने विषयमा पैरवी, जनचेतना अभिवृद्धि गराउनेलगायत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको त्रिपाठीले बताए। उनका अनुसार यसपटक पनि चेपाङ समुदायबाट माग भएअनुसार बिरुवा वितरण गरिएको हो ।

वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले यस कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबीचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पुर्‍याउने बताए। चेपाङ समुदायको आयआर्जन वृद्धिसम्बन्धी विभिन्न तालिम, सीप, कृषि औजार, बीउलगायत उपलब्ध गराउँदै आइएको उनले जानकारी दिए। 

सो अवसरमा गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, जनप्रतिनिधिलगायतले केही चिउरीका बोटहरू रोपेका थिए । 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  २ : १५ बजे

देउवाले मिलाउन खोज्दा प्रचण्डलाई बिच्काए ओलीले

काठमाडौं- नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता

ओएचसीएचआरद्वारा भेनेजुएलाको अवस्थाबारे चिन्ता व्यक्त

एजेन्सी– मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले भेनेजुएलामा बढ्दो

पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न राससको तालिम केन्द्र

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस)ले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष

धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

महेन्द्रनगर – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश

प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्ले

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित