लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु « Khabarhub

लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको छ ।  यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार यी सैनिकहरू ट्यांकसँग अभ्यास गरिरहेको बेला नदी तर्ने क्रममा पानीको सतह एक्कासि बढेको थियो । दुर्घटना हुँदा ट्यांकीमा पाँच जना सैनिक थिए । जसमा एक जेसीओ र चार सैनिक रहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार लेहमा डिफेन्स पीआरओले रातमा सैन्य प्रशिक्षण गतिविधिको क्रममा पूर्वी लद्दाखको सासेर ब्राङ्सा नजिकैको श्योक नदीमा सेनाको ट्यांकी फसेको बताएको छ ।

उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेपनि पानीको सतह तीव्र गतिमा बढेका कारण उद्धार टोलीले आफ्नो काममा सफल हुन सकेन र ट्यांकी चालक दलका सबै सदस्यले ज्यान गुमाए ।

भारतीय सेनाले पूर्वी लद्दाखमा तैनाथ आफ्ना पाँच बहादुर सैनिकको ज्यान गएको प्रति शोक व्यक्त गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ३ : ३४ बजे

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति