कोपा अमेरिका : पेरुलाई हराउँदै अर्जेन्टिना समूह विजेता « Khabarhub

कोपा अमेरिका : पेरुलाई हराउँदै अर्जेन्टिना समूह विजेता


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोपा अमेरिका फुटबलमा शतप्रतिशत नतिजा निकाल्दै अर्जेन्टिना समूह ‘ए’ को विजेता बनेको छ ।

आज बिहान भएको खेलमा पेरुलाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले समूह चरणमा शतप्रतिशत जित निकालेको हो ।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुई गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।

मार्टिनेजले खेलको ४७औँ र ८६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका थिए ।

यसअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको साविक विजेता अर्जेन्टिना ३ खेलबाट ९ अंकसहित समूह ‘ए’ को विजेता बनेको छ । १ अंक जोडेको पेरु पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यता ४ अंक भएको क्यानडा समूह उपविजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ८ : ३६ बजे

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३