भैरहवा बैंकरोडका अधिकांश पसलमा पानी पस्यो (फोटोफिचर) « Khabarhub

भैरहवा बैंकरोडका अधिकांश पसलमा पानी पस्यो (फोटोफिचर)


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

भैरहवा– आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैकरोडका अधिकांश पसलहरूमा पानी पसेको छ ।

केही समय मात्रै भएको भारी वर्षाले बैकरोडसहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो । पानीको निकास नभएको कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्य को समस्या खेप्दै आएका छन । भैरहवाको मुख्य बजार बैकरोड मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदल यात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भीम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरूमा पानी पसेको छ ।

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।

न्युजकारखाना

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ७ : ०२ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत