बढ्दैछ डिजिटल भुक्तानी, कुन प्लेटफर्ममा कति प्रयोगकर्ता ? « Khabarhub

बढ्दैछ डिजिटल भुक्तानी, कुन प्लेटफर्ममा कति प्रयोगकर्ता ?


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा अनलाइन भुक्तानी बढ्दो छ । गोजीमा नगद बोकेर हिँड्ने युवा जमात कमै देखिन्छ । हामीले डिजिटल प्रविधि प्रयोग गरी अनलाइन भुक्तानीलाई दिनानुदिन बढाइरहेका छौँ ।

अनलाइन भुक्तानी गर्न मोबाइल बैंकिङ, वालेट, कनेक्ट आइपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड र इन्टरनेट बैंकिङ लगायत विभिन्न प्लाटफर्म छन्‌ । नेपाल राष्ट्र बैंकका अनुसार यी प्लाटफर्ममा एक वर्ष अवधि अर्थात्‌ २०८० असारदेखि २०८१ असारसम्ममा ८६ लाख ८९ हजार २५८ जना प्रयोगकर्ता थपिएका छन् ।

हामीले रकम भुक्तानीमा डिजिटल माध्यम रोज्दै गर्दा आफ्ना लागि उपलब्धमध्ये कुन प्लाटफर्म उपयुक्त छ भनी थाहा पाउनुपर्छ । अहिले नेपालमा पीएसओ नौ वटा र पीएसपी २६ गरी ३६ वटा डिजिटल प्लेटफर्महरू छन् ।

तथ्यांक अनुसार सम्पूर्ण प्लेटफर्महरूमा २०८० को तुलनामा २०८१ मा भुक्तानी बढेको देखिएको छ । यसलाई एटीएम मेसिन प्रयोगले नै पुष्टि गर्छ ।

२०७९ साल असारमा देशभर चार हजार ६०६ वटा रहेको एटीएम मेसिन प्रयोगमा थिए । २०८० असारसम्म यो सङ्ख्या बढेर ४८ सय ५५ पुग्यो । यो वर्षको तेस्रो महिना अर्थात्‌ २०८१ असारसम्म आइपुग्दा सङ्ख्या थपिएर ५१ सय ९३ वटा पुगेको छ ।

डिजिटल वालेट

डिजिटल वालेट रकम राख्ने अभौतिक गोजी हो । यो एक प्रकारको विद्युतीय कार्ड हो, जुन कम्प्युटर वा स्मार्टफोनबाट मात्रै अनलाइन कारोबारमा प्रयोग गरिन्छ ।

अहिले नेपालमा १२ वालेट बढी प्रचलनमा रहेका छन् । ई–वालेटको मुख्य उद्देश्य कागजविहीन (नगदरहित) पैसा स्थानान्तरणलाई अझ सहज बनाउनु हो ।

वालेटको प्रयोग पनि नेपालमा बढ्दो छ । २०८१ साल असारसम्म वालेट प्रयोगकर्ता सङ्ख्या २ करोड ३४ लाख ६४ हजार पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ लाख १९ हजारले बढी हो ।

यो संख्या २०८० को असारमा १ करोड ८९ लाख ४१ हजार रहेको थियो । २०८१ असारसम्म ३ अर्ब १३ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।

मोबाइल बैंकिङ

मोबाइल बैंकिङ भनेको बैंक वा अन्य वित्तीय संस्थाले उपलब्ध गराएको त्यस्तो सेवा हो- जसले आफ्ना ग्राहकहरूलाई स्मार्टफोन वा ट्याब्लेट लगायत ग्याजेटमार्फत वित्तीय कारोबार गर्न अनुमति दिन्छ ।

मोबाइल बैंकिङमा विशेष किसिमको सफ्टवेयर प्रयोग हुन्छ, जसलाई एप भनिन्छ। मोबाइल बैंकिङका लागि आवश्यक एप बैंक तथा वित्तीय संस्थाले नै उपलब्ध गराउँछन्‌ ।

मोबाइल बैंकिङ चौबिसै घण्टा उपलब्ध रहने गर्छ । यसबाट कारोबार गर्दा केही वित्तीय प्रतिबन्ध र कारोबार गर्न सकिने रकमको सीमा निर्धारण गरिएको हुन्छ ।

अहिले नेपालमा अनलाइन भुक्तानी सेवा प्रयोगकर्ताहरूले मोबाइल बैंकिङ सेवा नै प्रयोग गर्छन्‌ । २०८० असारमा मोबाइल बैंकिङ प्रयोगकर्ता सङ्ख्या २ करोड १३ लाख ६३ हजार ९८९ थिए । २०८१ असारसम्म यस्तो सङख्या २ करोड ४६ ४८ हजार ८४६ पुगेको छ ।

मोबाइल बैंकिङमा अघिलो वर्षको तुलनामा ३२ लाख ८४ हजार ८५७ सदस्य बढेका हुन् । मोबाइल बैंकिङबाट गत असारसम्ममा ३७ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबर कारोबार भएकोे तथ्याङ्कले देखाएको छ ।

इन्टरनेट बैंकिङ

इन्टरनेटमार्फत बैंकले उपलब्ध गराउने सेवा नै इन्टरनेट बैंकिङ हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरू इन्टरनेटमार्फत आफ्नै ग्याजेटबाट उपयोग गर्न सक्छन् ।

आफ्नो बैंक खातामा रहेको रकम (ब्यालेन्स), कारोबार विवरण (स्टेटमेन्ट) हेर्ने र प्रिन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्का निम्ति अनुरोध गर्ने, मोबाइलको बिल तिर्नेजस्ता युटिलिटी सर्भिसहरू इन्टरनेट बैंकिङबाट प्राप्त हुन्छ ।

नेपालमा इन्टरनेट बैंकिङको प्रयोग पनि बढिरहेको छ । इन्टरनेट बैंकिङमा २०७९ असारमा १६ लाखभन्दा बढी प्रयोगकर्ता रहेका थिए । २०८० असारसम्म त्यस्ता सेवाग्राहीको सङ्ख्या १८ लाख ५६ हजार १९५ पुगेका थिए भने ८१ असारसम्म आइपुग्दा १९ लाख १९ हजार नाघिसकेको तथ्याङ्कले देखाएको छ । यो २०८० को असारसम्मको तुलनामा ६३ हजारले बढी हो । यसबाट पनि १ अर्ब ७७ करोड रुपैयाँ बराबर कारोबार भएकोे छ ।

डेबिट र क्रेडिट कार्ड

नेपालमा डेबिट र क्रेडिट कार्ड प्रयोग पनि बढिरहेको छ । २०८१ असारसम्म क्रेडिटकार्ड सङ्ख्या २ लाख ८९ हजार पुगेको छ । एक करोड २८ लाख ९३ हजार डेबिट कार्ड प्रयोगमा छ ।

गत असारसम्म एक वर्ष अवधिमा आइपुग्दा डेबिट कार्डबाट ९ अर्ब ५२ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम कारोबार भएको छ । यस्तै, क्रेडिट कार्डबाट २ करोड ७३ लाख रुपैयाँ कारोबार भएको छ ।

कनेक्ट आइपीएस

कनेक्ट आइपीएस बैंकहरूका सामान्य सदस्यहरूले अतिरिक्त सेवा लिन सक्ने प्रणाली हो । मोबाइल इन्टरनेटको माध्यमबाट सरल भुक्तानीमा पहुँच पुर्‍याउनु यसको उद्देश्य हो ।

सेवाग्राहीले जुनसुकै ठाउँमा बसेर आफ्नो खाताबाट सोझै कारोबार गर्न सक्ने कनेक्ट आइपीएसमा तेस्रो माध्यम अपनाउनु पर्दैन । हाल नेपालमा कनेक्ट आइपीएस प्रयोगकर्ता सङ्ख्या १२ लाख ७६ हजार ८८६ पुगेको छ ।

कनेक्ट आइपीएसमार्फत गत आर्थिक वर्षको असार सम्ममा ६६ अर्ब ६५ करोड लाख रुपैयाँ कारोबार भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ५ : ४० बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ