उद्योगमन्त्री भण्डारीलाई कांग्रेसको १७ बुँदे माग पत्र « Khabarhub

उद्योगमन्त्री भण्डारीलाई कांग्रेसको १७ बुँदे माग पत्र


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्टार्टअपप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।

विभाग प्रमुख कांग्रेस केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला)को नेतृत्वमा मन्त्रालय पुगेको विभाग सदस्यहरुसहितको टोलीले मन्त्री दामोदर भण्डारीलाई मागपत्र बुझाएको हो ।

स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगहरूसँग जोडिएका क्षमता, अवसर र चुनौतीलाई ध्यानमा राखी विद्यमान नीति र व्यवस्थाको वस्तुपरक विश्लेषण गरी विभागले मन्त्रीको ध्यानकर्षण गराएको छ ।

राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० ले पनि नवीन एवम् सिर्जनशील सोचु लाई स्टार्टअपको विशेषता मानेको छ, तर नवीनताको मापदण्ड भने स्पष्ट गरेको छैन । नवीनताको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्न विभागले माग गरेको छ ।

विभागले सरकारको आगामी दिनमा सहुलियत कर्जा वितरणको प्रक्रियालाई पारदर्शी बनाउन वितरित कर्जा र त्यसको प्रगति विवरण सोही वेबसाइटमा नियमित अद्यावधिक गराउन ध्यानाकर्षण गराएको छ ।

सो वेबसाइटको दायरा बढाई स्टार्टअप सम्बन्धी सम्पूर्ण जानकारी र प्रक्रियालाई वेबसाइटमा समावेश गर्न विभागले माग गरेको छ । आफुहरुले राखेको मागमा मन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको विभागका सदस्य खगेन्द्र आचार्यले बताए ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १२ : ३२ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न