सिँचाइ अभावले दोलखामा ३४ प्रतिशत मात्रै रोपाइँ « Khabarhub

सिँचाइ अभावले दोलखामा ३४ प्रतिशत मात्रै रोपाइँ


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा यस वर्ष असारको १५ बितिसक्दा पनि  सहज रूपमा धान रोपाइँ हुन नसकेको पाइएको छ।

असार महिना विशेष गरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायः जसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा दोलखामा ३४ प्रतिशत क्षेत्रमा मात्रै  रोपाइँ भएको पाइएको छ। पानी पर्याप्त नपर्दा धान खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको जिल्लाका किसानहरूले बताउन थालेका छन् ।

गत वर्ष असार तेस्रो सातासम्म करिब ५५ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो तर यस वर्ष भने,सिचाइ अभाव तथा समयमै वर्षा नहुँदा हालसम्म जम्मा ३४.४ प्रतिशत बेसीमा मात्रै रोपाइँ भएको पाइएको छ ।

जिल्लाभर ३४.४ प्रतिशत धान रोपाइँ हुँदा मुख्य धान खेती हुने मेलुङ गाउँपालिकामा हालसम्म ४४.५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि अधिकृत नन्दराज ओलीले बताए ।

अधिकृत ओलीका अनुसार दोस्रो बढी धान खेती हुने भिमेश्वर नगरपालिका ४५ प्रतिशत रोपाइँ सकिएको छ।त्यस्तै वैतेश्वर गाउँपालिकामा ३० प्रतिशत,कालिञ्चाेक गाउँपालिकामा ३३ प्रतिशत,तामाकोशी गाउँपालिका सबैभन्दा कम १५ प्रतिशत मात्रै रोपाइँ सकिएको हो।

त्यसैगरी  कम धान खेती हुने जिरी नगरपालिकामा ५० प्रतिशत,गौरीशंकर गाउँपालिकामा २५ प्रतिशत र शैलुङ गाउँपालिकामा ४० प्रतिशत रोपाइँ सकिएको अधिकृत ओलीले बताए।

 खेती लगाउने समय ढल्किन लाग्दा समेत प्राप्त मात्रमा रोपाइँको लागि पानी नपर्दा रोपाइँ प्रभावित बनेको मेलुङ गाउँपालिकाका कृषि प्राविधिक विष्णु जिरेलले बताए । किसानले धानको ब्याड राखेको  एक/डेढ महिना बितिसक्दा पनि पानी नपर्दा रोपाइँ गर्न ढिलाइ भएको प्राविधिक जिरेलले बताए ।

दोलखामा धेरै जसो खेतमा रोपाइँ गर्न  आकाशे वर्षाको भरपर्नुपर्ने बाध्यता रहेको छ। यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण जिल्लाका किसानहरूले समयमा धान रोप्न पाएका छैनन् । तामाकोशीका अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ ।

केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आए पनि धेरैले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ। खेत छेउछाउका खोलानाला,कुवा खोल्सी तथा पानीका मुहान पानी नबर्दा र खोला खोल्सी र मुहानमा पानी नबर्दा कम रोपाइँ भएको हो ।

समयमै धान रोपाइँ हुँदा यस वर्ष जिल्ला धान उत्पादन घट्ने हो कि भन्ने चिन्तामा किसान रहेका छन्।दोलखामा यस वर्ष दुई हजार आठ सय १४ हेक्टर भूभागमा धान खेती हुने अनुमान गरिएको छ।

– सुबास बस्नेत

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १२ : २९ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका