५४ ग्रामका सुनका बालासहित एकजना पक्राउ, भन्सार छलेको आरोप « Khabarhub

५४ ग्रामका सुनका बालासहित एकजना पक्राउ, भन्सार छलेको आरोप


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भन्सार छलेर ल्याएको सुनको कारोबार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

विभिन्न देशबाट त्रिभुवन विमानस्थल हुँदै भित्रिएको भन्सार छलीको सुन किनबेच गरेको अभियोगमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-२९ निवासी २९ वर्षीय सम्साद आलमलाई शनिबार तिलंगाबाट पक्राउ गरेको हो ।

विदेशबाट आउने नेपाली यात्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली भित्र्याएको सुन ओसारसार र बेचिरहेको सूचनाका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५४ ग्राम ८ सय ७० मिलिग्राम तौलका दुईवटा सुनका बालासहित पक्राउ गरेको हो ।

आलमलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  १ : १८ बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा