कसरी फैलियो उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको अफवाह ? | Khabarhub Khabarhub

कसरी फैलियो उडानै नभएको रूटमा ताराको जहाज बेपत्ता भएको अफवाह ?


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


41.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार दिउँसो २ बजे सामाजिक सञ्जालमा एउटा अफवाह फैलियो ।

उक्त अफवाह थियो, पोखराबाट मुस्ताङ गइरहेको तारा एयरको जहाज सम्पर्कविहीन भएको ।

एकजना सामाजिक सञ्जालका प्रयोगकर्त अमरबहादुर चन्दले पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भन्दै पोस्ट गरे ।

त्यस्तै सन्तोष पोखरेल नामका प्रयोगकर्ताले पनि हुँदै नभएको घटनालाई सामाजिक सञ्जालमा फैलिएको भन्दै सामाजिक सञ्जालमा ताराको जहाजको फोटोसहित विवरण राखे । उनले आफ्नो उक्त पोस्ट फेसबुकका ग्रुपमासमेत सेयर गर्न भ्याए ।

उता आफूलाई समाजसेवी बताउने इशा गुरुङले पनि उक्त अफवाहलाई अझै फैल्याउने काम गरिन् । तीन लाख भन्दा बढी फलोअर भएकी उनले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भनेर तस्बिरसहित फेसबुकमा लेखेपछि तत्कालै भाइरल भयो ।

उनकै पोस्टमा एकजनाले कमेन्ट गर्दै भनेका छन्, ‘सम्पर्कमा आयो भन्दैछन् फेरि ।’ इशाले अफवाह फैल्याएको भन्दै आलोचना भएपछि उक्त पोस्ट हटाइसकेकी छन् ।

हवाई जहाजका लागि उच्च जोखिमयुक्त मानिने पोखरा-जोमसोम रुटबाट यस्तो खबर आउँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पत्याउने अवस्थामा पुग्छन् । पहिले पनि यो रुटमा दुर्घटना भइरहेकाले सोमबार पनि त्यस्तै अफवाह भाइरल भयो ।

ताराको उडान नै छैन

सामाजिक सञ्जालका प्रयोगकर्ताले जहाजको तस्बिरसहित अफवाहलाई भाइरल बनाए पनि ताराले पोखरा-जोमसोम रुपमा अहिले उडान नै गर्दै

ताराको काठमाडौंस्थित केन्द्रीय कार्यालयका एक अधिकारीले खबरहबसँग कुरा गर्दै अहिले पोखरा-जोमसोम रुटमा उडान नरहेको पुष्टि गरे ।

‘अहिले पोखरा-जोमसोम रुटमा हाम्रो जहाज नै जाँदैन । उडान नै नरहेको रुटमा जहाज हरायो भनेर सामाजिक सञ्जालमा अफवाह फैल्याइएछ’, उनले खबरहबसँग भने, ‘हामी यसबारेमा आधिकारिक धारणा केहीबेरमा सार्वजनिक गर्दैछौँ ।’

ताराको जाहाज दुर्घटनामा परेको भनेर सामाजिक सञ्जालमा फैल्याइएको अफवाहले केही बेरमै मानिसहरूलाई तरंगित बनायो । तर पोखरास्थित एकजना पत्रका सुमन ढुंगानाले पोखरा-जोमसोम रुटमा अचेल ताराको उडान नै नरहेको बताए ।

उनका अनुसार उडान हुने अरु कम्पनीले पनि पोखराबाट बिहान मात्रै जहाज पठाउँछन्। जोमसोममा दिउँसो अत्यधिक हावा चल्ने र कुहिरोले पनि ढाक्ने भएकाले अन्य कम्पनीका जहाज पनि बिहानै गएर फर्किने उनले बताए ।
‘मध्यान्ह र दिउँसो समयमा यहाँबाट जोमसोममा उडान नै हुँदैन’, उनले भने, ‘ताराको उडान नै नभएको अवस्थमा कसले अफवाह फैल्यायो, अचम्म लागेको छ ।’

उता नागरिक उड्ययन प्राधिकरण पोखरा कार्यालयले पनि तारा एयरको जहाज सम्पर्कविहीन भएको भन्ने खबरलाई अफवाहको संज्ञा दिएको छ । पोखराबाट जोमसोमका लागि ताराको कुनै उडान नै नभएको अवस्थामा अफवाह फैल्याएको भन्दै प्राधिकरणले आपत्ति जनाएको छ ।

ताराले केही अनलाइन र सामाजिक सञ्जालमा गलत सूचना फैल्याउने काम गरिएकाले कानुनी कारबाही अघि बढाउने जानकारी दिएको छ ।

सोमबार तारा एयरका दुईवटा जहाजमध्ये एउटा काठमाडौं र अर्को नेपालगञ्जमा छ । नेपालगञ्जको जहाज कर्णालीमा उडान भर्नका लागि गएको हो ।

ताराले यो अफवाहपछि सोमबार एक वक्तव्य निकालेर कानुनी कारबाहीमा जाने बताएको छ । ‘यस्तो अफवाह समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अघि बढाउने समेत सूचित गरिन्छ’, ताराले भनेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : १० बजे

हिमालय होटलमा १२ घण्टा ! न सरकार पछि हट्यो, न आन्दोलन रोकियो

काठमाडौं– पूर्वी नेपालतिर एउटा आहान छ, ‘इयाँली–बियाँली दिन गुमाई, जूनेली

आजका समाचार : आए बेलायती राजकुमार, कांग्रेसले सभापतिहरूलाई पढाउँदै र फेरि मारिए इजरायली सैनिक

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका

प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं– नेपाल प्रेस युनियनले प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलन

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री 

कास्की– गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताएका

सुशासन र प्रशासकीय क्षेत्रमा महत्त्वपूर्ण काम भएका छन् : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र प्रशासकीय क्षेत्रमा