ब्रेक सु र विद्युतीय सामानमा लुकाएर पौने चार अर्बको सुन तस्करी « Khabarhub

ब्रेक सु र विद्युतीय सामानमा लुकाएर पौने चार अर्बको सुन तस्करी


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर करिब ३२ क्वीन्टल सुन तस्कारी भएको निष्कर्ष निकालेको छ ।

सुन तस्करीको दोश्रो चरणको अनुसन्धानबारे जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतीय सामाग्री र ब्रेक सुमा लुकाएर ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको हो ।

उक्त सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ छ ।

सीआईबीले भुजेल क्ट्रोनिक सप्लायर्स, रेडी ट्रेडर्स लगायत पाँच सप्लायर्सहरूले उक्त परिमाणको सुन भित्राएको जनाएको छ ।

सीआईबीका डिएसपी सुन्दर तिवारीले दोश्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिए ।

यस क्रममा २० जनालाई पक्राउ गरिएको र २६ जना अझै फरार सूचीमा रहेको उनले बताए ।

यस्तै भुक्तानी सेवा प्रदायक पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको डिएसपी तिवारीले जानकारी दिए ।

त्यस्तै सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले भेपबाहेकको सुन तस्करीको अनुसन्धानका क्रममा पूर्वसभामुख कृष्णबहादुर महरा र दिपेश पुनको संलग्नता नदेखिएको बताए ।

सीआईबीले भन्सार ऐन, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐनलाई आधार बनाएर प्रतिवादीबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख बिगो माग दाबी गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ४ : ४३ बजे

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा