उत्तरी म्यान्मामा बाढीका कारण दुई हजार घर विस्थापित « Khabarhub

उत्तरी म्यान्मामा बाढीका कारण दुई हजार घर विस्थापित


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको संकेतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका झण्डै दुई हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको काचिन राज्य सरकारले सोमबार जनाएको छ ।

काचिन राज्य सरकारका एक सदस्यले भने, ‘उद्धार कार्य जारी छ । प्रभावित बासिन्दाहरूलाई यस क्षेत्रका ३० विद्यालय, चर्च र गुम्बाहरूमा अस्थायी आश्रयमा सारिएको छ ।’

स्थानीय सञ्चारमाध्यमका अनुसार भारी वर्षाका कारण माइट्काइना र वाइङ्माव सहरमा एक हजारभन्दा बढी मानिस फसेका छन् ।

मौसम तथा जल विज्ञान विभागले सोमबार दिएको जानकारीअनुसार मित्किना नगरपालिकाको अय्यारवाडी नदी खतराको संकेतभन्दा करिब पाँच फिट माथि बगेको छ ।

आगामी दुई दिनमा नदीको बहाव अझै दुई फिट बढ्ने र माइट्काइना टाउनसिपको खतराको संकेतभन्दा माथि रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ६ : ०५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली